
४ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा गोकुलीकुमारी रेग्मी निर्वाचित भएका हुन् ।
एमालेका श्रेष्ठले ४ हजार ४९ मत ल्याएर जित्दा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ३ हजार ३२९ मत ल्याएर दोस्रो भए । माओवादीका श्रेष्ठ २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षका अर्का उम्मेदवार नेपाली कांग्रेसका बृहस्पतिकृष्ण श्रेष्ठले २ हजार ५४८ मत ल्याएर तेस्रो भए ।
उपाध्यक्षमा निर्वाचित भएकी रेग्मीले ४ हजार २५९ मत ल्याइन् । माओवादीकी निरु तामाङले ३ हजार ४३ मत ल्याएर दोस्रो भइन् । कांग्रेसकी चीन माया लामाले २ हजार ४३१ मत ल्याइन् ।
२०७४ सालको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4