+
+

पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्‍मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १८:४३

४ जेठ, पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्‍मेदवारले निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादीका राधाकृष्ण न्यौपाने निर्वाचित भएका हुन् ।

मेयरमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावतीलाई ५७५ मतले पराजित गरे । काफ्लेले ९ हजार ८५५ मत ल्याउँदा लावतीले ९ हजार २८० मात्र मत पाए ।

यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एमाले, राप्रपा गठबन्धनका जगत थापा मगरलाई पराजित गरे । न्यौपानेले ९ हजार ३६ मत ल्याउँदा थापाले ५ हजार ६३४ मत प्राप्त गरे ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले मेयर र उपमेर दुवै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?