+
+

पृथ्वीसुब्बा गुरुङको गृहपालिकामा एमालेको क्लिनस्विप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २३:२८

४ जेठ, लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको पालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै निर्वाचित भएको छ ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङको गाउँपालिकाका जनप्रतिनिधिमा एकजना पनि अन्य दल निर्वाचित भएका छैनन् । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेले जानकारी दिए ।

गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । उनले तीन हजार ८५६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत ल्याएका छन् । एक हजार ३ सय ६७ मत अन्तरले सूर्यप्रसाद गुरुङले चुनाव जितेका हुन् । प्रतिद्वन्द्वी मंगोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकै गमिमाया गुरुङ तीन हजार ९८९ मतका साथ निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत ल्याएकी छन् । एक हजार ६४९ मतान्तरले गमिमायाले चुनाव जितेकी हुन् ।

यसअघिको स्थानीय निर्वाचनमा वडा नं. २ र ८ नेपाली कांग्रेसले जितेको थियो । ९ वटा वडा रहेकोमा कुनै पनि वडामा अरु दलले जितेको छैन । वडा नं. १ को अध्यक्षमा पेमा गुरुङ, २ मा खुसीमान गुरुङ, ३ मा आशविर गुरुङ, ४ मा नारायण गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा लक्ष्मण गुरुङ, ८ मा सन्तोष घले र ९ मा हुमराज गुरुङ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?