
५ जेठ, पर्सा । फेटा गाउँपालिका, बाराको अध्यक्ष विवेकशील साझा पार्टीका रुस्तम अन्सारीको जित सुनिश्चित भएको छ ।
निर्वाचन अधिकृत एवं उपसचिव गोपीकृष्ण रेग्मीका अनुसार फेटामा १३ हजार ४८६ मत खसेको थियो । अहिले ४ नम्बर वडाको मत गणना चलिरहेको छ र कुल मतमा ७८६ मत मात्र गन्न बाँकी छ ।
गाउँपालिकाका अध्यक्षका उम्मेदवार अन्सारीले भने २०६० मतको अग्रता लिइसकेका छन् । उनले ४ हजार ५९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका अमिरीलाल प्रसादले १९९९ र तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी मदनप्रसाद साह कानूले १६९७ मत पाएका छन् ।
उपप्रमुखमा पनि निलम साहले अग्रता लिएकी छन् । विवेकशील साझाका उनी ३२२९ मत पाएकी छन् भने दोस्रो स्थानमा रहेकी नेकपा एमालेकी कमरुन खातुनले १९९० मत पाएकी छन् ।
फेटा गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्षमा साझा विवेकशील साझा पार्टीका प्रह्लाद प्रसाद साह तेली विजयी भएका छन् । यो वडामा विवेकशील साझा पार्टीका दुई जना सदस्य पनि विजयी भएका छन् ।
प्रतिक्रिया 4