+
+

सब्सक्राइबर घटेपछि नेटफ्लिक्सले कटौती गर्यो कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १२:५८

भिडियो स्ट्रिमिङ साइट नेटफ्लिक्सले १ सय ५० जना कर्मचारी कटौती गरेको छ । एक दशकमा पहिलोपटक सब्सक्राइबरहरुको संख्यामा गिरावट आएको रिपोर्ट सार्वजनिक भएसँगै नेटफ्लिक्सले यस्तो निर्णय गरेको हो ।

कम्पनीले कटौती गर्ने अधिकांस कर्मचारी उसको क्यालिफोर्नियास्थित अमेरिकी कार्यालयका हुनेछन् । उत्तर अमेरिकी क्षेत्रमा कार्यरत नेटफ्लिक्सका कूल कर्मचारीमध्ये २ प्रतिशत कर्मचारी उसको क्यालिफोर्निया कार्यालयमा रहेका छन् ।

कम्पनीको आम्दानीमा भएको गिरावटका कारण कर्मचारी कटौतीको निर्णय भएको नेटफ्लिक्सले जनाएको छ ।

यो वर्ष नेटफ्लिक्सले आफ्ना दर्शक (सब्सक्राइबर) को संख्यामा भारी बहिर्गमन व्यहोरिरहेको छ ।

नेटफ्लिक्सले विज्ञप्तीमा भनेको छ, ‘कर्मचारीको व्यक्तिगत दक्षताका कारणले भन्दा पनि कम्पनीको व्यवसायिक आवश्यकताक कारण यस्तो निर्णय गरिएको हो । यो निकै कठीन निर्णय हो किनकी हामी हाम्रा कुनैपनि सहकर्मीलाई विदाई गर्न चाहँदैनौँ ।’

कर्मचारी कटौतीको निर्णय भएतापनि कुन क्षेत्रका कर्मचारीहरु कटौतीमा पर्नेछन् भन्ने प्रष्ट भएको छैन । लस एन्जल्स टाइम्सका अुनसार भर्ना, सञ्चार तथा सामाग्री विभागका कर्मचारीहरु क्टौतीमा पर्ने सम्भावना छ ।

यसबीच नेटफ्लिक्सका कतिपय कर्मचारीहरुले आफ्नो जागिर गुमिसकेको खुलासा गरिसकेका छन् ।

गत अप्रिलमा सार्वजनिक रिपोर्ट अनुसार सन् २०२२ को पहिलो त्रैमासिकमा नेटफ्लिक्सले २ लाख सब्सक्राइबर गुमाएको छ । साथै आगामी त्रैमासिकमा थप २० लाख सब्सक्राइबर गुमाउने आँकलन पनि रिपोर्टमा गरिएको छ ।

समाचार सार्वजनिक भएसँगै एक दिनमै कम्पनीको शेयर मूल्यमा ३५ प्रतिशतले गिरावट आएको थियो । हाल नेटफ्लिक्सको शेयर मूल्य प्रतिशेयर १९० डलर छ, जुन यसको पहिलेको प्रिमियम भन्दा ४६ प्रतिशत कम हो ।

स्मरण रहोस् नेटफ्लिक्सका विश्वव्यापी सब्सक्राइबरको संख्या २ करोड २० लाख छ । पछिल्लो समय नेटफ्लिक्सले डिज्नी प्लस, एचबिओ तथा अमेजन प्राइम भिडियो लगायतका प्लाटफर्महरुबाट तिव्र प्रतिस्पर्धाको सामना गरिरहनु परेको छ ।

बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?