+
+

सिंहदरबारमा रुखको हाँगाले लाग्दा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १५:२१

५ जेठ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको सिंहदरबारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्की छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार बुधबार साँझ ७:४५ बजे कार्यालय परिसरमा रुखको हाँगा खस्दा उनी गम्भीर घाइते भएका थिए ।

तत्काल उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको मैनालीले बताए ।

उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?