+
+

मोरङको धनपालथानमा कांग्रेसका जिवछप्रसाद गच्छदार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:३५

५ जेठ, विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार जिवछप्रसाद गच्छदार निर्वाचित भएका छन् ।

गच्छदारले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मुसहरु मण्डल २७१ मत अन्तरले  हराउँदै निर्वाचित भएका हुन् ।

सुरूवातदेखि नै अग्रता बनाएका मण्डलाई गच्छदारले अन्तिम समयमा पराजित गरेका गरेका हुन् ।  गच्छदारले ६ हजार ३२९ मत  ल्याउँदा  मण्डलले  ६ हजार ५८ मत मात्र ल्याए ।

यस्तै  गाउँ उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार नसिमा बानो निर्वाचित भएकी छिन् । बानोले ६ हजार २८४ मत ल्याउँदा  उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार उपासी राजवंशीले ५ हजार ७६७ मत मात्र पाइन् ।  बानो दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?