+
+

मुगुमा एमाले एक उपाध्यक्षमै सीमित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ९:२३

६ जेठ, मुगु । जिल्लामा नेकपा एमाले एउटा उपाध्यक्षमै सीमित भएको छ । यहाँका चार वटा स्थानीयतहमा एमालेले प्रमुख पदमा जित्न सकेन ।

छाँयानाथ रारा नगरपालिकामा प्रमुखमा कांग्रेसका बिष्णुकुमार भाम तथा उपप्रमुखमा ऐश्वर्य मल्ल जित्न सफल भएका छ्न ।

मुगुम कार्मँरोङ गाउँपालिकामा पनि अध्यक्षका कांग्रेसकै छिरिङ क्याप्ने लामाले जितेका छ्न भने उपाध्यक्षमा एमालेकि छिरिङ पुटि तामाङ्ले जितेकी छ्न ।

सोरु गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर शाही र उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाही विजयी भएका छ्न ।  त्यस्तै  खत्याड गाउपालिकामा अध्यक्षमा माओवादीका अजबहादुर शाही र उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया विजयी भएकी छन् ।

जिल्लाका दुई पालिका प्रमुख, तीन उपप्रमुख र १८ वडाअध्यक्षसहित कांग्रेस पहिलो स्थानमा देखिएको छ ।

माओवादीले एक पालिका अध्यक्षसहित ७ वटा वडाध्यक्ष जितेको छ ।

एकीकृत समाजवादीले एक वडाध्यक्ष र एक पालिका अध्यक्ष जितेको छ । एमालेले एक उपाध्यक्षसहित १६ वडामा जितेको छ ।

सोरु गाउँपालिका कांग्रेस माओवादी र एकीकृत समाजवादीले गठबन्धन नगरी अलग-अलग निर्वाचन लडेको भए समाजवादीलाई  पनि अध्यक्ष जित्न गाह्रो हुन्थ्यो ।

०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले एक प्रमुख, ४ उपप्रमुख र २१ वडामा जितेको थियो ।

कांग्रेसले ३ प्रमुखसहित १६ वडामा जितेको थियो भने माओवादी ८ वडामामात्रै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?