+
+

वडाध्यक्षमा पराजित भएपछि एमाले बराहक्षेत्र नगर इन्चार्जले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १५:०८

६ जेठ, इटहरी । वडाध्यक्षमा पराजित भएपछि नेकपा एमाले बराहक्षेत्र नगर कमिटी इन्चार्ज रुद्र दाहालले राजीनामा दिएका छन् ।

बराहक्षेत्र नगरपालिका-३ को वडाध्यक्ष उम्मेदवार बनेका उनले पराजित भएपछि एमाले सुनसरी जिल्ला अध्यक्षलाई पत्राचार गर्दै राजीनामा दिएका हुन् ।

उनले नगरपालिकामा पार्टीलाई पहिलो स्थान दिलाउन नसकेका कारण नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।  दाहाल नेपाली कांग्रेसका उम्मेदवार राजदीप लामासँग पराजित भएका हुन् । लामाले १ हजार ८३४ मत ल्याउँदा दाहालले १ हजार ७७१ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?