+
+

असार १० मा आउँदै सौगात र सलोनको ‘घनचक्कर’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १७:१४

काठमाडौं । सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै असार १० गतेलाई रिलिज मिति तय गरेका हुन् ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म निर्देशक जितेन्द्र राजोपाध्याय हुन् । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी फिल्मलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका हुन् ।

सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, अशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय छ ।

सुसन प्रजापति खिचेको सिनेमामा अर्जुनसिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?