+
+
Shares

स्थानीय निर्वाचनमा सोचेजति सफल भएनौं : महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते २०:४४

६ जेठ, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ३० को स्थानीय तहको निर्वाचनमा एमालेले आशा गरे अनुसार जित निकाल्न नसकेको स्वीकार गरेका छन् ।

शुक्रबार घोराही उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा नेत्रलाल स्मृति दिवसलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्तारुढ गठबन्धनलाई हराएर जित निकाल्ने एमालेको चाहना सोचे अनुसार पूरा हुन नसकेको बताएका हुन् ।

‘गठबन्धनको राजनीतिलाई समाप्त पार्न हामीले जुन आवाज जनतामाझ लिएर गयौं, त्यसमा सफल हुन सकेनौं’ उनले भने, ‘किनभने निर्वाचनमा गठबन्धन हामीभन्दा बलियो भएर आएको छ ।’

उनले स्थानीय तह निर्वाचनमा एमालेले ५० प्रतिशत स्थानमा जित निकाल्ने योजना बनाएर अघि बढेको बेला त्यसमा सफल नभएको बताए । महासचिव पोखरेलले एमाले निर्वाचनबाट पहिलो दल हुन नसकेपनि गठबन्धनमा सामेल दलभन्दा धेरै जनमत पाएको उल्लेख गरे ।

‘एमाले चुनावमा एक्लै लड्दा पनि गठबन्धनले भन्दा धेरै जनमत प्राप्त गरेको छ’ उनले भने, ‘आज पाएको जनमतलाई ठूलो उपलब्धि ठानेर आगामी निर्वाचन पहिलो दल बन्छौंं ।’

महासचिव पोखरेलले स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो दल भएको कुरा सान्दर्भिक नभएको टिप्पणी गरे । उनले कांग्रेस एक्लै नलडेर गठबन्धनको जगमा टेकेरमात्र धेरै ठाउँमा जितेको बताए ।

‘यो चुनावबाट कांग्रेसले जसरी आफूलाई पहिलो दलको रुपमा प्रस्तुत गरेको छ, त्यो कांग्रेस एक्लैको सफलता नभएर गठबन्धनको सफलता हो । त्यसलाई हामीले स्वीकारेका छौं’ उनले भने, ‘तर एक्लै जनमत ल्याएँ भन्नु कांग्रेसका लागि सुहाउने कुरा होइन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?