+
+

धनगढीमा गोपाल हमाल १० हजार मत अन्तरले अगाडि, उपमेयरमा रानाले लिइन् अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते ७:३९

७ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मत अन्तरले अग्रता कायमै राखेका छन् । हमालले २२ हजार ५४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपालका कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गरेका छन् ।

निवर्तमान मेयरसमेत रहेका वड र स्वतन्त्र उम्मेदवार हमालबीच १० हजार ९९७ मतको अन्तर छ । अब करिब १२ हजार मत मात्र गणना गर्न बाँकी  छ ।

उपमेयरमा भने मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी शान्ति अधिकारी पछि परेकी छन् । उपमेयरमा अधिकारीलाई पछि पार्दै नेकपा एमालेकी कन्दकला रानाले अग्रता लिएकी छन् । रानाले १७८ मतका साथ अग्रता लिएकी छन् ।

कुल ५१ हजार ६५ मत गणना गर्ने बेला रानाले १० हजार ८८० मत प्राप्त गरेकी छन् भने अधिकारीले १० हजार ७०२ मतका साथ रानालाई पछ्याइरहेकी छन् ।

स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?