+
+

ललितपुरको महालक्ष्मीमा मेयर एमाले र उपमेयर कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते ८:३१

७ जेठ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा लक्ष्मी महर्जन विजयी भएका हुन् ।

मेयर उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत पाए । नेकपा एकीकृत समाजवादीका नकुल थापाले ३ हजार ८९१ र राप्रपाका प्रविण खत्रीले २ हजार ५९३ मत पाएका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन ९ हजार ५९१ मतसहित विजयी भइन् । नेकपा एमालेकी उम्मेदवार विणा सुवेदीले ८ हजार ६८३ र राप्रपाकी उम्मेदवार रामदेवी महर्जनले २ हजार ६२४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?