+
+

गैडहवा गाउँपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १२:३१

७ जेठ बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाल कम्युनिष्ट पार्टी एमाले विजयी भएको छ ।

अध्यक्षमा सुरेन्द्र पौडेल ५६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बसि उल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी भएकी छन् । जैसवालले ४७५७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४६५१ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाको वडाध्यक्षहरुमा १ मा एमालेका प्रदिप कुमार चौधरी, २ मा जनमत पार्टीका सराजुद्वीन धुनिया, ३ मा स्वतन्त्र उम्मेदवार राम अजोर यादव, ४ मा कांग्रेसका सुरेन्द्र सिंह कुर्मी, ५ मा कांग्रेसकै विजय कुमार शर्मा, ६ मा कांग्रेसका राजकुमार लोध, ७ मा जनमत पार्टीका लालबहादुर केवट, ८ मा एमालेका भुवनबहादुर राना मगर र ९ मा एमालेकै मीना क्षेत्री विजयी भएकी छन् ।

यो गाउँपालिकामा अघिल्लो चुनावमा संघीय समाजवादी पार्टी (हाल जसपा) विजयी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?