+
+

छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय विद्दानन्द निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते ८:२३

८ जेठ, सप्तरी । छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् । विद्दानन्द २५ वर्षीय युवा हुन् ।

अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव २४७२ मतका साथ विजयी भएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १५९५ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?