+
+

जिम्मेवारीबाट अलग भएको मकवानपुरका एमाले नेता लम्सालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १२:१४

८ जेठ, काठमाडौं । मकवानपुरमा नेकपा एमालेका नेता बद्रिप्रसाद लम्सालले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार पराजयको नैतिक जिम्मेवारी लिंदै कुनै पनि जिम्मेवारीमा नरहने घोषणा गरेका हुन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ चुनिएका थिए । लम्सालकै पालिका मकवानपुरगढीमा पनि अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रकाउम्मेदवार विजयी भएका छन् ।

त्यसपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिल्ला नेतृत्वमा लामो समयदेखि रहेको र निवर्तमान अध्यक्ष भएको साथै मेरो आफ्नो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि विजय गराउन नसकेकाले मैले यसको नैतिक जिम्मेवारी लिँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराउँदछु ।’

लम्साल मकवानपुरको कार्यवाहक जिल्ला अध्यक्ष थिए । पछिल्लो जिल्ला अधिवेशनमा एकलाल श्रेष्ठलाई जिल्ला अध्यक्ष बनाएपछि उनी निष्कृय रहँदै आएका थिए ।

उनले पार्टीका नेताहरुबाट पटक–पटक धोका, अपमान, छलकपट भएको गुनासो पनि गरेका छन् । उनले लेखेका छन्, ‘अति नै चित्त दुखेर राजनीतिप्रति नै वितृष्णा लागेर भारी मन बनाई बसीरहेको अवस्थामा स्थानीय तहको निर्वाचन आयो नेतृत्वले बेवास्ता गरेतापनि आफूले दुःख गरेर निर्माण गरेको पार्टी एमाले भएको हुँदा यसको मायाले र स्थानीय तहका साथीहरुको अनुरोधमा स्थानीय निर्वाचनमा मज्जाले खुल्ला दिलका साथ प्रचार प्रसार अभियानमा सहभागी भैयो तर वडामा मात्र जितियो पालिकामा विजयी गराउन सकिएन अति नै दुःख लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?