+
+

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १४:२०

८ जेठ, काठमाडौं । सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले बताए ।

डिएसपी बुढाथोकीका अनुसार मृतकको बाबु-छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो ।

विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु-छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।

सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए ।

घटनास्थललाई प्रहरीले सिल गरेको छ भने थप अनुसन्धान गर्न कुकुर समेत प्रयोग भइरहेको डिएसपी बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?