+
+

तपाई एक दिनमा कतिवटा शब्द बोल्नुहुन्छ ? जीवनभर कति शब्द बोलिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १८:१२

८ जेठ, काठमाडौं । बिहान उठेपछि राति नसुत्दासम्म हामीले केही न केही बोलिरहेका हुन्छौँ । कोही मानिस कम बोल्दछन् त कोही अलिक बढि बोल्ने गर्दछन् ।

अन्तरमूखी मानिसहरु भलै कम बोलुन् उनीहरुको दिमागमा केही न केही शब्द चलिरहेकै हुन्छ र मौका आउने बित्तिकै बोल्ने कोसिस गरिहाल्छन् । यस प्रकारले मानिसको कुराकानीको सिलसिला कहिल्यै अन्त्य हुँदैन।

एक दिनमा तपाई कतिवटा शब्द बोल्नुहुन्छ होला ? के यसबारेमा कहिल्यै सोच्नुभएको छ ? सायद आजसम्म यस बारेमा ध्यान दिनुभएको छैन होला । सोसल मिडिया साइट लिंक्डइन लर्निङ प्रशिक्षक जेफ एनसेल रिसर्चका अनुसार एक दिनमा मानिस कम्तिमा ७ हजार वटा शब्द बोल्दछ । कतिपय मानिस यो भन्दा धेरै पनि बोल्न सक्दछन् ।

एक दिनमा औषतमा ७ हजार शब्द बोलिन्छ भने कुनै मानिस आफ्नो पूरै जीवनमा कतिवटा शब्द बोल्दछ होला ? तपाईलाई थाहा पाउँदा अचम्म लाग्ला कि कुनै मानिस आफ्नो पूरा जीवनमा औषतमा ८६ करोड ३ लाख ४१ ह्जार ५ सय वटा शब्द बोल्दछ ।

बेलायती लेखक तथा पत्रकार गेल्स ब्रान्डर्थको पुस्तक The Joy of Lex : How to Have Fun With मा एकजना मानिसले जीवनकालमा ८६ करोड ३ लाख ४१ ह्जार ५ सय वटा शब्द बोल्ने तथ्य प्रकाशित छ ।

यदि तपाईले आफ्नो जीवनकालमा बोल्ने शब्दलाई अक्सफोर्ड शब्दकोषसँग तुलना गर्नुभयो भने तपाईले आफ्नो जीवनकालमा अक्सफोर्ड अंग्रेजी शब्दकोषका २० वटा संस्करण साढे १४पटक पढ्नुहुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?