+
+

रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते २०:२२

८ जेठ, काठमाडौं ।   रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन् । क्लबले आइतबार सामाजिक सञ्जालमा हाम्रो हिमालयन टाइगर भन्दै रोहितको तस्वीर पोस्ट गरेको छ ।

रोहितले आइतबार नै ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेका थिए ।

यो सिजनमा पर्सिजा आठौं स्थानमा रह्यो भने रोहित आवद्ध भएको पेरिसिक केडिरी ११ ‌औं स्थानमा छ ।

रोहितले २०१३ देखि २०१५ सम्म पनि पर्सिजाबाट खेलेका थिए । त्यसपछि उनी मलेसियन क्लब टि टिम एफसीमा अनुबन्ध भए । जहाँ उनले चोटका कारण धेरै समय खेल्न पाएनन् । त्यसपछि उनी सन् २०१७ मा फेरि इन्डोनेसियामै फर्किएका हुन् ।

रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जितेका छन् । उनी एक सिजन लिगको सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए । इन्डोनेसियामा रोहित हिमालयन टाइगर उपनामले चिनिन्छन् । इन्डोनेसियमा उनका थुप्रै समर्थक छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?