+
+

जब बिहेअघि बेहुलीले बेहुलासँग मागिन् फेसबुकको पासवर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ११:३७

सोसल मिडियाको अहिलेको जमानामा मानिसले सबैभन्दा गोप्य राख्ने चिज भनेको आफ्नो फेसबुक, ट्वीटर तथा इन्स्टाग्रामलगायतका प्लाटर्फमहरूको पासवर्ड हो भन्दा फरक नपर्ला । तर जब आफ्नो हुनेवाला पत्नीले त्यही फेसबुकको पासवर्ड मागिदिइन् भने कस्तो होला ?

आजकल सोसल मिडियामा यस्तै एउटा भिडियो निकै भाइरल बनिरहेको छ । उक्त भिडियो इन्गेजमेन्टका बेलाको हो । त्यसमा हुनेवाला बेहुलीले आफ्नो हुनेवाला बेहुलासँग उसको फेसबुक र इन्स्टाग्रामको पासवर्ड मागेको देखिन्छ ।

हुनेवाला पत्नीले आफ्नो सोसल मिडियाको पासवर्ड माग्दा ती युवकले जे जवाफ दिए त्यसले सबैलाई तिनछक पारिदियो ।

हुनेवाला बेहुलीले बेहुलासँग फेसबुक र इन्स्टाग्रामको पासवर्ड मागेपछि बेहुलाले पनि एउटा बाचा गर्न भने । त्यस्तो बाचा हुनेवाला बेहुलीले पनि पूरा गरेर हुनेवाला बेहुलाको मन जितिन् ।

भिडियोमा निक्कै सजिएको स्टेजमा एक महिलाले इन्गेजमेन्ट कार्यक्रम सञ्चालन गरिरहेको देखिन्छ । त्यसक्रममा सञ्चालिकाले हुनेवाला पति र पत्नीलाई अनौठा खालका बाचा गर्न अह्राउँछिन् ।

सबैभन्दा पहिले महिलाले बेहुलीको तर्फबाट कुरा गर्दै आजैदेखि आफ्नो फेसबुक र इन्स्टाग्रामको पासवर्ड बेहुलीलाई दिने कुराको बाचा गर्न बेहुलालाई अह्राउँछिन् । त्यसको जवाफमा बेहुलाले पासवर्ड मात्र नभई मोबाइल नै पत्नीलाई दिने बताउँछन् ।

त्यसपछि पत्नीको पालो आउँछ । उनले पनि आफ्नो हुनेवाला पतिलाई कहिल्यै पनि शंका नगर्ने बाचा गर्दछिन् । हुनेवाला पति पत्नीको यस्तो बाचा सुनेसँगै उपस्थित पाहुनाहरूले ताली बजाउँछन् ।

Will You Do These शीर्षकको यो भिडियो इन्स्टाग्राममा निकै चर्चित बनेको छ ।

जी न्यूजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?