+
+

हवाई भाडा बढ्यो, काठमाडौं-धनगढी रुटको भाडा १५,६६५ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १८:३५
फाइल तस्वीर

९ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि हवाई भाडा समेत बढेको छ । वायुसेवा सञ्चालक संघले बुधबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको जानकारी गराएको हो ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ । अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १३ हजार ७६५ रुपैयाँ पुगेको छ ।

काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।

हेर्नुहोस् भाडादर सूचीः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?