+
+

२०० बढी प्रमुख उपप्रमुख दोहोरिए, झण्डै ४०० अस्वीकृत

स्थानीय तहको प्रमुख/उपप्रमुखको रुपमा ५ वर्ष विताएकामध्ये करिव ६ सयले कार्यकाल दोहोर्‍याउने रहर गरे । तीमध्ये एकतिहाई मात्रै जनताको अनुमोदनमा परे, बाकी अस्विकृत भए ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ जेठ ९ गते २०:४६
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको उपाध्यक्षमा दोहोरिएकी सनमाया गुरुङ ।

९ जेठ, काठमाडौं । स्थानीय तहको प्रमुख/उपप्रमुखबाट राजीनामा दिएर करिव ६०० जना चुनावी प्रतिस्पर्धामा होमिएका थिए । उनीहरुमध्ये करिव एक तिहाई पुन: निर्वाचित भएका छन् भने करिव ४०० लाई मतदाताले अनुमोदन गरेनन् ।

निर्वाचन आयोगको आइतबार अपरान्हसम्मको तथ्यांक हेर्दा, २११ जना प्रमुख/उपप्रमुख पुन: निर्वाचित भएका छन् । नाम र थर लेख्ने क्रममा केही फरक परेकाले यो संख्या केही तलमाथि हुनसक्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

काभ्रेको पाँचखालमा महेश खरेल, मोरङको रंगेली नगरपनलिकामा दिलीप अग्रवाल लगायतका केही पुन: प्रमुख चुनिएका छन्, जुन तथ्यांक यसमा समावेश छैन । अन्तिम परिणाम आउन बाँकी भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल र ललितपुरको मेयरमा चिरिबाबु महजर्नले फराकिलो अग्रता बनाएका छन् ।

हालसम्म प्राप्त तथ्यांकमा भने अघिल्लो पटक प्रमुख/उपप्रमुख रहेर यो पटक फेरि चुनाव लडेका करिव दुई तिहाईलाई भने जनताले अस्वीकार गरेका छन् । ‘स्थानीय तहमा अधिकार गइसकेपछि जनप्रतिनिधिहरु दोहोरिन खोज्छन् ।

यसअघि २०४८ र २०५४ सालमा पनि यस्तै देखिएको थियो’ स्थानीय शासनविज्ञ डा. श्यामकृष्ण भूर्तेल भन्छन्, ‘त्यतिबेला पहिले (२०४८ सालमा) कांग्रेस र पछि एमालेले एउटा लहर ल्याएको थियो । अहिले त्यो भन्दापति व्यक्तिको पृष्ठभूमि र क्षमताका आधारमा मत गएको छ ।’

स्थानीय तहको प्रमुख दुई पदमा दोहोरिनेमध्ये नेपाली कांग्रेसका ९० जना छन् । माओवादी केन्द्रबाट २८ जना दोहोरिएको देखिन्छ । अघिल्लोपटक एमालेबाट निर्वाचित ५ जना यसपटक एकिकृत समाजवादीबाट निर्वाचित भए । एमालेका अघिल्लो पटक प्रमुख/उपप्रमुख रहेका ७० जना दोस्रोपटक निर्वाचित भए ।

अघिल्लोपटक दलबाट उम्मेदवारी दिएर अहिले स्वतन्त्र रुपमा निर्वाचित भएका एकाध छन् ।

यस्तै नगर र गाउँपालिकामध्ये ४९ नगरपालिकामा मेयर दोहोरिएका छन् भने २९ नगरपालिकामा उपमेयर दोहोरिएका छन् । ८१ गाउँपालिकामा अध्यक्ष दोहोरिएर निर्वाचित भए । उपाध्यक्ष दोहोरिने गाउँपालिकाको संख्या ५२ छ ।

संख्याको आधारमा हेर्दा प्रमुख पदमा पुरुष र उपप्रमुख दलमा महिला बढी दोहोरिएको देखिन्छ । प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य उम्मेदवार हुनुपर्ने व्यवस्थाका कारण अघिल्लोपटक दलहरुले उपमेयरमा धेरै महिला उठाए ।

त्यसअनुसार उपप्रमुख पदमा महिलाको उपस्थिति उत्साहजनक थियो । यसपाली प्रमुख/अध्यक्ष पदमा मात्र होइन, उपप्रमुख पदमै महिलाको उम्मेदवारी कम भयो । दलहरुले चुनावी गठबन्धन गरेर प्रमुख र उप्रमुख फरक फरक दलले लिँदा दुबै पदमा पुरुष नै पुरुषको उम्मेदवारी परेको थियो ।

र, १५० भन्दा बढी पालिकाको प्रमुख र उपप्रमुख दुबै पुरुष चुनिएका छन् । त्यसका बाबजुद केही उपप्रमुख महिला दोहोरिएर जितेका छन् ।

स्थानीय शासनविज्ञ डा. भूर्तेलको विचारमा कतिपय जनप्रतिनिधिलाई स्थानीय तहमै रमाउने स्वभाव हुन्छ । ‘अन्य मुलुकहरुमा पनि मेयर बनेर लामो समय विताएका उदाहरण छन् । उनीहरु त्यही रमाउँछन्, अरु रुची हुँदैन’ डा. भूर्तेल भन्छन्, ‘चार वर्षमा जसले राम्रो काम गरे, ती दोहोरिएका छन् । राम्रो काम गर्न नसक्नेहरुको केही उपाय लागेन । यो एकदमै ठिक भएको छ ।’

दोहोरिने रहर गरेकामध्ये दुई तिहाई पुराना जनप्रतिनिधिमाथि जनताले विश्वास गरेनन् । कतिपय ठाँउमा राम्रा काम गरेकाहरु पनि निर्वाचित हुन नसकेको र कतिपयमा औसतभन्दा कम नतिजा दिएकाहरु पनि तालमेल र अन्य कारणले निर्वाचित भएको उनले बताए । डा. भूर्तेलले भने, ‘अब काम गरिएन भने कुनै दलका कारणले मात्रै जनताले मत दिँदा रहेनछन् भन्ने सन्देश गएको छ ।’

५ जनाले पाए थप जिम्मेवारी

दोहोरिएकामध्ये एकजना महिला मात्रै अघिल्लो र यसपटक पनि प्रमुखमा निर्वाचित भइन् । सिन्धुली सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहरा यसपटकपनि त्यही पदमा निर्वाचित भइन् ।

दोहोरिएकामध्ये पाँच जनाले मात्रै अघिल्लो पटकको तुलनामा यसपटक थप जिम्मेवारी पाए । पाँच महिला उपप्रमुख/उपाध्यक्षहरु यसपटक प्रमुख/अध्यक्षमा निर्वाचित भए । चितवन माडी नगरपालिकाकी उपप्रमुख तारा कुमारी महतो यसपटक प्रमुख निर्वाचित भइन् ।

झापा विर्तामोडीकी उपप्रमुख पवित्रा देवी महतरा यसपटक मेयरमा निर्वाचित भइन् । सिन्धुलीको फक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवार पनि यसपटक अध्यक्ष निर्वाचित भइन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अघिल्लोपटक उपमेयर रहेकी मोहन माया भण्डारी यस पटक मेयर चुनिइन् । अघिल्लोपटक उपाध्यक्ष भएर यसपालि अध्यक्ष बन्नेमा प्यूठानको गौमुखी गाउँपालिकाका विष्णु कुमार गिरी एक्ला पुरुष हुन् ।

वडाध्यक्षहरु पनि दोहोरिए

अघिल्लो कार्यकालका वडाध्यक्ष/वडा सदस्यहरु माथिल्लो पदमा प्रतिस्पर्धा गरेर निर्वाचित भएकाले दोहोरिने कुल जनप्रतिनिधिको संख्या अझै बढी हुन्छ ।

निर्वाचन आयोगका अधिकारीहरु, हरेक पालिकामा एकाध वडाध्यक्ष दोहोरिएकाले दोहोरिने वडाध्यक्ष कम्तिमा पनि एक हजारको हाराहारीमा हुने अनुमान गर्छन् ।

स्थानीय तहको प्रमुख/उपप्रमुखमा दोहोरिएका जनप्रतिनिधिको विवरण :

क्र.सं. नाम जिल्ला स्थानीय तह पद दल कैफियत
1 अंगद कुमार राना डोल्पा काईके गाउँपालिका अध्यक्ष एकिकृत समाजवादी यसअघि नेकपा एमाले
2 अकली  सहनी सर्लाही धनकौल गाउँपालिका उपाध्यक्ष नेपाली  काँग्रेस
3 अनिता देवी यादव सुनसरी कोशी गाउँपालिका उपाध्यक्ष नेपाली  काँग्रेस
4 अन्‍जना कुशवाहा सर्लाही गोडैटा नगरपालिका उपप्रमुख लोसपा नेपाल यसअघि राष्ट्रिय जनता पार्टी नेपाल
5 अमर राज माखिम पाँचथर मिक्लाजुङ गाउँपालिका अध्यक्ष नेकपा(माके)
6 अमरिता बोहोरा डोल्पा जगदुल्ला गाउँपालिका उपाध्यक्ष नेकपा(माके)
7 अमृता कुमारी गच्छदार मोरङ्ग बुढीगंगा गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस यसअघि मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
8 अम्विका कुमारी चलाउने अछाम पञ्चदेवल विनायक नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
9 अर्जुन गुरुङ लमजुंग मर्स्याङदी गाउँपालिका अध्यक्ष नेकपा एमाले
10 अर्जुन मावोहाङ तेर्हथुम लालिगुँरास नगरपालिका प्रमुख नेपाली काँग्रेस
11 अशोक कुमार ब्याञ्जु काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका प्रमुख नेकपा एमाले
12 अशोक राई भोजपुर आमचोक गाउँपालिका अध्यक्ष नेकपा(माके)
13 अातेश कुमार सिह सप्तरी बोदे बरसाइन नगरपालिका प्रमुख जसपा नेपाल यसअघि संघीय समाजवादी फोरम, नेपाल
14 आसा तामाङ नुवाकोट मेघाङ गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
15 इन्दिरा तिवारी गोरखा शहिद लखन गाउँपालिका उपाध्यक्ष नेकपा(माके)
16 इश्तियाक अहमद शाह बाँके नरैनापुर गाउँपालिका अध्यक्ष जसपा नेपाल यसअघि संघीय समाजवादी फोरम, नेपाल
17 उपेन्द्र प्रसाद यादव बारा महागढीमाई नगरपालिका प्रमुख नेपाली  काँग्रेस
18 उमा कुमारी लामा मकवानपुर ईन्द्र सरोवर गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
19 उमेश प्रसाद भट्ट डडेलधुरा अजयमेरु गाउँपालिका अध्यक्ष नेकपा(माके)
20 उषा देवी सर्लाही विष्णु गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस यसअघि नेपाल लोकतान्त्रिक फोरम
21 ऐयुव अंसारी सुनसरी कोशी गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
22 कमल बहादूर गडसीला डोटी बोगटान गाउँपालिका अध्यक्ष नेकपा(माके)
23 कमला बस्‍नेत दोलखा भिमेश्वर नगरपालिका उपप्रमुख नेकपा एमाले
24 कर्ण बहादुर मगर सिन्धुली तिनपाटन गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
25 कर्ण बहादुर रावल हुम्ला खार्पुनाथ गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
26 कर्ण सिंह साउद बैतडी शिवनाथ गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
27 कल्पना नेपाली गोरखा आरूघाट गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
28 कान्छा लाल जिम्वा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका अध्यक्ष नेकपा(माके)
29 कुमारी प्रियंका शाही सिह रुपन्देही सम्मरीमाई गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
30 कृष्ण कुमारी पोखरेल मोरङ्ग लेटाङ नगरपालिका उपप्रमुख नेकपा एमाले
31 कृष्ण प्रसाद शर्मा बागलुङ वरेङ गाउँपालिका अध्यक्ष राष्ट्रिय जनमोर्चा
32 कृष्ण माया बुढाथोकी(खड्का) दोलखा जिरी नगरपालिका उपप्रमुख नेकपा एमाले
33 केशव कुमार श्रेष्‍ठ कपिलवस्तु बुद्धभूमी नगरपालिका प्रमुख नेपाली काँग्रेस
34 कैलाश कुमार आले भोजपुर भोजपुर नगरपालिका प्रमुख नेपाली काँग्रेस
35 कैसाङ नुर्पु तामाङ रसुवा गोसाईकुण्ड गाउँपालिका अध्यक्ष नेकपा एमाले
36 खिम नारायण मानन्धर स्याङ्जा हरीनास गाउँपालिका अध्यक्ष नेकपा एमाले
37 खिम बहादुर थापा स्याङ्जा कालीगण्डकी गाउँपालिका अध्यक्ष नेकपा एमाले
38 गजेन्द्र महर्जन ललितपुर गोदावरी नगरपालिका प्रमुख नेपाली काँग्रेस
39 गिता बन्जारा काभ्रेपलाञ्चोक पनौती नगरपालिका उपप्रमुख नेकपा एमाले
40 गिता विष्‍ट(चौलागाई) रामेछाप सुनापती गाउँपालिका उपाध्यक्ष नेकपा(माके)
41 गिनु माया थापा तनहुँ ऋषिङ्ग गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
42 गीता देवी तिम्सिना तेर्हथुम मेन्छयायेम गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
43 गुमान सिंह अर्याल लमजुंग बेसीशहर नगरपालिका प्रमुख नेकपा एमाले
44 गुलाव देवी चौधरी सिराहा नरहा गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
45 गोपाल बहादुर थापा कपिलवस्तु विजयनगर गाउँपालिका अध्यक्ष नेकपा एमाले
46 गोरख बहादुर चन्द बैतडी पन्चेश्वर गाउँपालिका अध्यक्ष नेकपा एमाले
47 घन श्याम गिरी काठमाडौं चन्द्रागिरी नगरपालिका प्रमुख नेपाली काँग्रेस
48 घनश्‍याम सुवेदी स्याङ्जा फेदीखोला गाउँपालिका अध्यक्ष नेकपा एमाले
49 चक्र पाणी अर्याल कपिलवस्तु बाणगंगा नगरपालिका उपप्रमुख नेकपा एमाले
50 चक्र बहादुर कार्की बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष नेकपा एमाले
51 चन्द्र प्रकाश घर्ती जाजरकोट भेरी नगरपालिका प्रमुख नेकपा एमाले
52 चमेली गुरुङ रसुवा उत्तरगया गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
53 चिन्तन तामाङ्ग धनकुटा धनकुटा नगरपालिका प्रमुख नेकपा एमाले
54 छवि लामा दोलखा वैतेश्वर गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
55 छिरिङ क्याप्ने लामा मुगु मुगुम कार्मारोंग गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
56 छिरिङ् तामाङ मुगु मुगुम कार्मारोंग गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
57 जगत बहादुर भोलन सिन्धुली घ्याङलेख गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
58 जमान सिंह के.सी. बर्दिया गेरुवा गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
59 जमुना कुमारी बोहरा(रोकाया) डोटी जोरायल गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
60 जय नारायण शाह झापा झापा गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
61 जयान्ति देवि श्रीवास्तवा बाँके नरैनापुर गाउँपालिका उपाध्यक्ष जसपा नेपाल यसअघि  संघीय समाजवादी फोरम, नेपाल
62 जवाहर लाल यादव सर्लाही विष्णु गाउँपालिका अध्यक्ष नेपाल लोकतान्त्रिक फोरम
63 जिवछी देवी – सिराहा मिर्चैया नगरपालिका उपप्रमुख नेकपा(माके)
64 जोकलाल बुढा बागलुङ तमानखोला गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
65 झग बहादुर विश्‍वकर्मा प्यूठान सरुमारानी गाउँपालिका अध्यक्ष नेकपा एमाले
66 टासी लामा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष नेकपा एमाले
67 टासी ल्हमु शेर्पा सोलुखुम्बु खुम्वु पासाङल्हमु गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
68 टोक बहादुर तामाङ काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका प्रमुख एकिकृत समाजवादी यसअघि  नेकपा एमाले
69 तारा कुमारी काजी महतो चितवन माडी नगरपालिका प्रमुख नेकपा एमाले यसअघि उपप्रमुख
70 तारा खरेल तेर्हथुम छथर गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
71 तेज बहादुर तमाङ नुवाकोट पञ्चकन्या गाउँपालिका अध्यक्ष नेकपा(माके)
72 दत्त बहादुर शाही डोल्पा मुड्केचुला गाउँपालिका अध्यक्ष नेकपा(माके)
73 दान वहादुर खत्री के.सी सल्यान कालीमाटी गाउँपालिका अध्यक्ष नेकपा एमाले
74 दावुटी शेर्पा(लामा) सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका उपाध्यक्ष नेकपा(माके)
75 दिपा वोहोरा-दाहाल सिन्धुली सुनकोशी गाउँपालिका अध्यक्ष नेकपा(माके)
76 देव कुमार नेपाली बागलुङ ढोरपाटन नगरपालिका प्रमुख नेकपा एमाले
77 धनपती देवी यादव दाङ राजपुर गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
78 धावा सम्डुक गुरुङ डोल्पा शे फोक्सुन्डो गाउँपालिका उपाध्यक्ष नेकपा एमाले यसअघि  स्वतन्त्र
79 ध्रुब श्रेष्‍ठ नुवाकोट लिखु गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
80 ध्रुव नारायण चौधरी रुपन्देही मायादेवी गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
81 नरुलाल चौधरी दाङ घोराही उपमहानगरपालिका प्रमुख नेकपा एमाले
82 नरेन्द्र कुमार चौधरी बाँके डुडुवा गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
83 नवराज ओझा कास्की रूपा गाउँपालिका अध्यक्ष नेकपा एमाले
84 नवराज के.सी(खत्री) ओखलढुंगा चम्पादेवी गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
85 नवील विक्रम शाह प्यूठान ऐरावती गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
86 नसीमा वानो मोरङ्ग धनपालथान गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
87 नागीना देवी यादव महोत्तरी साम्सी गाउँपालिका उपाध्यक्ष नेकपा(माके)
88 नाम्गेल जाङबु शेर्पा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका प्रमुख नेपाली काँग्रेस
89 नारा सिं रोकाया डोल्पा जगदुल्ला गाउँपालिका अध्यक्ष नेकपा(माके)
90 नारायण बहादुर कार्की पाल्पा रिब्दिकोट गाउँपालिका अध्यक्ष नेकपा(माके) यसअघि  नेकपा एमाले
91 निम बहादुर के.सी. सल्यान दार्मा गाउँपालिका अध्यक्ष नेकपा(माके)
92 निमा ग्याजेन शेर्पा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
93 निशान्त शर्मा बास्तोला ओखलढुंगा चिशंखुगढी गाउँपालिका अध्यक्ष नेकपा(माके)
94 नुन बहादुर थापा पाल्पा पूर्वखोला गाउँपालिका अध्यक्ष नेकपा एमाले
95 नुर्वु स्याङवो घले रसुवा नौकुण्ड गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
96 पदम बहादुर बोहरा अछाम मंगलसेन नगरपालिका प्रमुख नेकपा एमाले
97 पवित्रा देवी महतारा झापा विर्तामोड नगरपालिका प्रमुख नेकपा एमाले यसअघि उपप्रमुख
98 पवी माया राई इलाम देउमाई नगरपालिका उपप्रमुख नेकपा एमाले
99 पार्वता तिवारी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका उपप्रमुख नेकपा एमाले
100 पार्वती सुनुवार सिन्धुली फिक्कल गाउँपालिका अध्यक्ष नेकपा एमाले यसअघि उपाध्यक्ष
101 पासाङ नुर्वु शेर्पा संखुवासभा चिचिला गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
102 पिमा कुमारी वली दाङ दंगीशरण गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
103 पोती लाल चौधरी कन्चनपुर बेलौरी नगरपालिका प्रमुख नेकपा(माके)
104 प्रकाश अधिकारी काठमाडौं टोखा नगरपालिका प्रमुख नेकपा एमाले
105 प्रेम कुमार राई भोजपुर हतुवागढी गाउँपालिका अध्यक्ष नेकपा एमाले
106 बसन्‍ती तामाङ्ग काठमाडौं दक्षिणकाली नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
107 बालेश्‍वर मंण्‍डल धनुषा धनुषाधाम नगरपालिका प्रमुख नेपाली काँग्रेस
108 बासु देव थापा भक्तपुर सूर्यविनायक नगरपालिका प्रमुख नेकपा एमाले
109 बिनीता ढकाल भोजपुर अरुण गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
110 बीर बहादुर लोप्चन ललितपुर बाग्मती गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
111 बेद नारायण गच्छदार सुनसरी दुहवी नगरपालिका प्रमुख नेपाली काँग्रेस यसअघि मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
112 बेद बहादुर थापा गुल्मी कालीगण्डकी गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
113 भरत कुमार थापा सर्लाही बागमती नगरपालिका प्रमुख नेकपा(माके)
114 भरत शर्मा बागलुङ गल्कोट नगरपालिका प्रमुख नेपाली काँग्रेस
115 भव बहादुर भण्डारी म्याग्दी रघुगंगा गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
116 भागिरथि शर्मा (भट्टराई) पाल्पा पूर्वखोला गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
117 भीम प्रसाद ढुङ्गाना धादिङ्ग निलकण्ठ नगरपालिका प्रमुख नेपाली काँग्रेस
118 भुपाल पोखरेल गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष नेकपा(माके)
119 मञ्जु कुमारी कार्की ( अधिकारी ) धनकुटा महालक्ष्मी नगरपालिका उपप्रमुख नेकपा एमाले
120 मनोज कुमार पर्सा छिपहरमाई गाउँपालिका अध्यक्ष नेकपा एमाले यसअघि नेकपा(माके)
121 मन्जु देवकोटा सिन्धुली कमलामाई नगरपालिका उपप्रमुख नेकपा एमाले
122 मन्जु बुढाथोकी नुवाकोट सुर्यगढी गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
123 ममता महतो पर्सा पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
124 महजबी खातुन महोत्तरी एकडारा गाउँपालिका उपाध्यक्ष जसपा नेपाल यसअघि राष्ट्रिय जनता पार्टी नेपाल
125 माधवी जोशी दार्चुला लेकम गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
126 मान वहादुर केप्छाकी मगर उदयपुर उदयपुरगढी गाउँपालिका अध्यक्ष एकिकृत समाजवादी यसअघि नेकपा एमाले
127 मिना देवी विष्‍ट डोटी के.आई.सिं. गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
128 मीरा थारु कपिलवस्तु बुद्धभूमी नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
129 मुक्त बहादुर सारु पाल्पा निस्दी गाउँपालिका अध्यक्ष नेकपा एमाले
130 मुक्ति देबी रेग्मी सुर्खेत पञ्चपुरी नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
131 मुक्ति नाथ यादव बर्दिया गुलरिया नगरपालिका प्रमुख नेपाली काँग्रेस
132 मुना अधिकारी ललितपुर गोदावरी नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
133 मैना बि.क सुर्खेत गुर्भाकोट नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
134 मोहन बस्नेत काठमाडौं दक्षिणकाली नगरपालिका प्रमुख नेपाली काँग्रेस
135 मोहन बहादुर बस्नेत काठमाडौं नागार्जुन नगरपालिका प्रमुख नेपाली काँग्रेस
136 मोहन माया भण्डारी सुर्खेत बीरेन्द्रनगर नगरपालिका प्रमुख नेकपा एमाले यसअघि उपप्रमुख
137 यादव बहादुर खापुङ्ग तेर्हथुम मेन्छयायेम गाउँपालिका अध्यक्ष नेकपा एमाले
138 रजत प्रताप शाह कपिलवस्तु कृष्णनगर नगरपालिका प्रमुख नेपाली काँग्रेस यसअघि स्वतन्त्र
139 रजनी जोशी भक्तपुर भक्तपुर नगरपालिका उपप्रमुख नेपाल मजदुर किसान पार्टी
140 रण बहादुर तामाङ धादिङ्ग खनियाबास गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
141 रन बहादुर राई इलाम सूर्योदय नगरपालिका प्रमुख नेकपा एमाले
142 रमण वहादुर थापा पाल्पा रामपुर नगरपालिका प्रमुख नेपाली काँग्रेस
143 रमेश कुमार पाण्डे लमजुंग मध्यनेपाल नगरपालिका प्रमुख नेपाली काँग्रेस
144 रमेश वाबु थापा मगर गोरखा शहिद लखन गाउँपालिका अध्यक्ष नेकपा(माके)
145 रविन्द्र प्रसाद लिङदेन झापा हल्दीवारी गाउँपालिका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
146 राज कुमार मल्ल मकवानपुर राक्सिराङ्ग गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
147 राजमति इङ्गनाम मोरङ्ग कानेपोखरी गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
148 राजेन्द्र कुमार पोखरेल झापा कन्काई नगरपालिका प्रमुख नेकपा एमाले
149 राजेन्द्र कृष्ण श्रेष्ठ तनहुँ ऋषिङ्ग गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
150 राम चन्द्र जोशी पर्वत कुश्मा नगरपालिका प्रमुख नेपाली काँग्रेस
151 रामआश्रय साह सर्लाही धनकौल गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
152 रामवती देवी मंडल धनुषा धनौजी गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
153 रिता देवकोटा गोरखा सिरानचोक गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
154 रिमझिम कुमारी भगत सुनसरी हरिनगरा गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
155 रीना कुमारी साह रौतहट मौलापुर नगरपालिका प्रमुख नेकपा एमाले यसअघि नेकपा(माके)
156 रेणु झा महोत्तरी औरही नगरपालिका उपप्रमुख लोसपा नेपाल राष्ट्रिय जनता पार्टी नेपाल
157 लक्ष्मी गौतम अर्घाखांची पाणिनी गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस यसअघि नेकपा एमाले
158 लक्ष्‍मी देवी पाण्‍डे नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
159 ललिता अधिकारी गोरखा गण्डकी गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
160 लाल सुवा गुरुङ्ग कास्की रूपा गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
161 लीला कुमारी मुक्तान सर्लाही बागमती नगरपालिका उपप्रमुख नेकपा(माके)
162 लोकेन्द्र बहादुर शाही डोटी के.आई.सिं. गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
163 लोकेन्द्र वहादुर घले मनाङ्ग चामे गाउँपालिका अध्यक्ष नेकपा एमाले
164 वाल कृष्‍ण आचार्य धादिङ्ग धुनीबेंशी नगरपालिका प्रमुख एकिकृत समाजवादी यसअघि नेकपा एमाले
165 वाल कृष्ण घिमिरे तनहुँ म्याग्दे गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
166 विधा देवी भुजेल धनुषा धनुषाधाम नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
167 विधा लक्ष्मि गुरुङ्ग रुपन्देही देवदह नगरपालिका उपप्रमुख नेकपा एमाले
168 विना भट्ट बैतडी पन्चेश्वर गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
169 विना राना रुपन्देही सैनामैना नगरपालिका उपप्रमुख नेकपा एमाले
170 विपना कुलुङ सोलुखुम्बु महाकुलुङ गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
171 विपीन राई संखुवासभा पाँचखपन नगरपालिका प्रमुख नेपाली काँग्रेस
172 विमला राई खोटाङ्ग हलेसी तुवाचुङ नगरपालिका प्रमुख नेपाली काँग्रेस यसअघि उपप्रमुख
173 विष्णु कुमार गिरी प्यूठान गौमुखी गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
174 वेचन दास तत्मा धनुषा विदेह नगरपालिका प्रमुख नेकपा एमाले यसअघि नेकपा(माके)
175 वैजु प्रसाद गुप्ता नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका अध्यक्ष नेकपा(माके)
176 शहिदा बानो बाँके डुडुवा गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
177 शारदा खनाल तनहुँ भिमाद नगरपालिका उपप्रमुख नेकपा एमाले
1178 शालिक राम बन्जरा खोटाङ्ग बराहपोखरी गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
179 शिला देवी मण्डल धनुषा कमला नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
180 शिव कान्ती चमार रुपन्देही रोहिणी गाउँपालिका उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
181 शिव कुमारी चौधरी कपिलवस्तु शिवराज नगरपालिका उपप्रमुख नेकपा एमाले
182 शुशिला अधिकारी काठमाडौं नागार्जुन नगरपालिका उपप्रमुख नेकपा एमाले
183 शेख वकिल रौतहट परोहा नगरपालिका प्रमुख नेपाली काँग्रेस
184 शेर वहादुर सुनुवार रामेछाप उमाकुण्ड गाउँपालिका अध्यक्ष नेकपा एमाले
185 शैलेन्‍द्र कुमार यादव महोत्तरी लोहरपट्टी नगरपालिका प्रमुख नेपाली काँग्रेस
186 श्रवण कुमार यादव सिराहा मिर्चैया नगरपालिका प्रमुख नेकपा(माके)
187 संजीव वली दोलखा विगु गाउँपालिका उपाध्यक्ष नेकपा(माके)
188 सञ्जय कुमार तुम्वाहाङफे तेर्हथुम म्याङलुङ नगरपालिका प्रमुख नेकपा एमाले
189 सत प्रसाद रोका म्याग्दी मंगला गाउँपालिका अध्यक्ष नेकपा एमाले
190 सनसिल्ता वली(डी.सी.) सल्यान कालीमाटी गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
191 सन्त बहादुर तामाङ नुवाकोट सुर्यगढी गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
192 सन्त वीर लिम्बु तेर्हथुम छथर गाउँपालिका अध्यक्ष नेकपा एमाले
193 सन्तोष कुमार महतो सिराहा बरियारपट्टी गाउँपालिका अध्यक्ष जसपा नेपाल यसअघि संघीय समाजवादी फोरम, नेपाल
194 सरिता खड्का गुल्मी मदाने गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
195 सरिता शर्मा महोत्तरी लोहरपट्टी नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
196 सर्केश घलान मकवानपुर बाग्मती गाउँपालिका अध्यक्ष नेकपा(माके)
197 सावित्रा कोइराला स्याङ्जा कालीगण्डकी गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
198 सिता रोकाया थापा बाजुरा गौमुल गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
199 सीता राई भोजपुर आमचोक गाउँपालिका उपाध्यक्ष नेकपा(माके)
200 सुगन्धी गिरी रौतहट परोहा नगरपालिका उपप्रमुख नेपाली काँग्रेस
201 सुनिता अधिकारी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका उपाध्यक्ष नेकपा एमाले
202 सुनिल प्रजापति भक्तपुर भक्तपुर नगरपालिका प्रमुख नेपाल मजदुर किसान पार्टी
203 सुशिला तामाङ ओखलढुंगा खिजिदेम्वा गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस
204 सूर्य प्रसाद पोख्रेल इलाम देउमाई नगरपालिका प्रमुख नेकपा एमाले
205 सेनाङ गुरुङ डोल्पा छार्का ताङसोङ गाउँपालिका अध्यक्ष एकिकृत समाजवादी यसअघि स्वतन्त्र
206 हरि चन्द्र बस्नेत जाजरकोट कुसे गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
207 हरि प्रसाद मण्डल महोत्तरी मटिहानी नगरपालिका प्रमुख राष्ट्रिय जनता पार्टी नेपाल
208 हरी वहादुर रोकाया बाजुरा गौमुल गाउँपालिका अध्यक्ष नेकपा एमाले
209 हरी सिंह धामी बैतडी सिगास गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस
210 हस्त पुन सुर्खेत गुर्भाकोट नगरपालिका प्रमुख नेपाली काँग्रेस
211 हिदम लामा मकवानपुर भीमफेदी गाउँपालिका अध्यक्ष नेकपा एमाले
लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?