+
+

डेढ महिनामा चोभार सुख्खा बन्दरगाहबाट भित्रियो ३ करोड २६ लाखको सामान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १३:५०
फाइल तस्वीर

१० जेठ, काठमाडौं । काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहबाट डेढ महिनाको अवधिमा ३ करोड ३६ लाख रुपैयाँ बराबरको मालवस्तु भित्रिएको छ । सरकारले भन्सार बिन्दु नै काठमाडौं हुने गरी सुख्खा बन्दरगाह सञ्चालनमा ल्याएको हो ।

२२ चैतमा उद्घाटन भएको यो संरचनाबाट वैशाख मसान्तसम्म कुल ३ करोड २६ लाख ६ हजार रुपैयाँ बराबरको सामान आएको तथ्यांक छ । यो भन्सार बिन्दुबाट निर्यात भने शून्य रहेको छ ।

कुल निर्यातको तुलनामा समेत सुख्खा बन्दरगाहबाट भएको आयात नगन्य बराबर हो । सुख्खा बन्दगाह भन्सार प्रशासक धनबहादुर बडुवालका अनुसार उद्घाटनका दिन कुल चार वटा कन्टेनर काठमाडौं आएका थिए । त्यसपछि एउटा कन्टेनर यहाँ आएको छ । यी कन्टेनरमा कम्प्यूटर, कपडा र हेल्मेट काठमाडौं आएका थिए ।

२६ भन्सार बिन्दुबाट १० महिनामा भित्रियो १६ खर्बको सामान

नेपालमा कुल २६ वटा भन्सार बिन्दुबाट वैशाख मसान्तसम्म कुल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको सामान नेपाल आयात भएको छ । यस अवधिमा १ खर्ब ७३ अर्ब ३४ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

नेपालमा आयात र निर्यात दुवैमा सबैभन्दा ठूलो भन्सार बिन्दु वीरगञ्ज हो । यस बिन्दुबाट आयातको ३५ प्रतिशत र निर्यातको ४२ प्रतिशत व्यायार हुने गरेको छ । वीरगञ्जबाट ५ खर्ब ७६ अर्बको आयात हुँदा ७३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।

वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट ११.४७ प्रतिशत बराबरको आयात हुँदा २ प्रतिशत बराबरको सामान निर्यात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अर्को ठूलो भन्सार बिन्दु हो । यहाँबाट १ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको आयात हुँदा २६ अर्ब ४४ करोड रुपैया बराबरको निर्यात भएको छ । कुल निर्यातको १५.२६ प्रतिशत त्रिभुवन विमानस्थलस्थित भन्सार बिन्दुबाट हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?