+
+

सौगात र सलोनको ‘घनचक्कर’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १४:२६

काठमाडौं । सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को ट्रेलर रिलिज भएको छ ।

जितेन्द्र राजोपाध्याय निर्देशित फिल्मको ट्रेलरमा युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भन्ने विषय कमेडी शैलीमा देखाइएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायत पनि अटाएका छन् ।

फिल्मका निर्माता करुणा अर्याल र संगम भट्ट हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । फिल्मको सम्पादन मित्र डी गुरुङ हुन् ।

‘घनचक्कर’ आगामी असार १० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?