+
+

मेयर नजित्दै अर्थमन्त्रीसँग बजेट मागेर फर्किए धनराज !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:२४

१० जेठ, पोखरा । नयाँ जनप्रतिनिधिको अहिले पोखरामा मतगणना जारी छ । मत गणनाको ११ औं दिनसम्म आइपुग्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङको जित निश्चित भएको छ ।

१ लाख ३९ हजार मत गणना हुँदा आचार्य ५ हजार ४८५ र उपेयरमा मञ्जुदेवी ३ हजार ९९० मतान्तरले अगाडि छिन् । अब मत गणना गर्न ३ हजार ८१५ मतमात्रै बाँकी छ ।

निर्वाचनको अन्तिम मत परिणाम नआउँदै नेकपा एकीकृत समाजवादीका आचार्य शनिबार काठमाडौं पुगेर फर्किएका छन् । प्रमुख पदमा जित्ने पक्का भएपछि आचार्यले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर पोखराका लागि बजेट मागेर फर्किएका हुन् ।

आचार्यले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ल्यान्डफिल्ड साइट सार्नका लागि आवश्यक बजेट माग गरेर फर्किएको बताएका छन् । नयाँ ल्यान्डफिल्ड बनाउन पोखरासँग आवश्यक बजेट नभएको र त्यसका लागि संघ सरकारको सहयोग अनुरोध गरिएको उनले मंगलबार पत्रकारसँग कुरा गर्दै जानकारी दिए ।

‘जितको कुरामा पहिल्यैदेखि पक्का थिएँ । अब, बजेट आउँदै छ । त्यसैले पोखराका लागि तत्काल समेट्नुपर्ने योजना अर्थमन्त्री समक्ष टिपाएर आएको छु,’ आचार्यले भने, ‘चुनौती बनेको ल्यान्डफिल साइट यहि बजेटमा समेटिएन भने फेरि ६ महिनामा सकिने काम एक वर्ष ढिलो हुन्छ । म ढिलो हुन चाहन्नँ ।’

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले ९८ प्रतिशत काम सकिएको छ । तर, भौतिक निर्माण काम सकिने अवस्थामा पुग्दा पनि ल्यान्डफिल साइट, रिठ्ठेपानी डाँडा कटान, इन्धन डिपो, भलबाढी लगायत समस्या समाधान हुन सकेको छैन ।

निर्माणाधीन विमानस्थल नजिकै रहेको ल्यान्डफिल्ड साइटका कारण उडानलाई प्रत्यक्ष प्रभाव पार्ने आयोजनाले चेतावनी दिँदै आएको छ । ल्यान्डफिल्ड साइटमा बासस्थान बनाएका चराका कारण ‘बर्ड हाजार्ड’ हुन सक्ने आयोजनाको भनाइ छ ।

विमानस्थल निर्माण सुरु गरेदेखि नै उक्त ल्यान्डफिल साइट सार्न महानगरलाई पटकपटक अनुरोध गर्दै आएको थियो । तर, उक्त समस्या समाधान गर्न नसक्दा महानगरको टाउको दुखाइ बन्दै आइरहेको छ ।

पोखराका निवर्तमान मेयर मानबहादुर जिसीको कार्यकालमा पोखरा वडा नम्बर १६ र २० बीचमा रहेको पस्मराङमा ल्यान्डफिल साइड सार्ने तयारी गरिएको थियो । तर, स्थानीयको तीव्र आलोचना पछि महानगर पछि हट्न बाध्य भयो । महानगरका जनप्रतिनिधिको कार्यकाल सकियो तर, पोखरा महानगरले नयाँ ल्यान्डफिल पाउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?