+
+
बजेट-२०७९/८० :

पर्यटनमा छैन ठूलो घोषणाको तयारी

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ ११ गते ११:४३

११ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी आगामी आगामी आर्थिक वर्षमा समेत कुनै ठूलो (प्रभावकारी) घोषणा नहुने भएको छ ।

खासगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डबीचको समन्वयको अभावमा आगामी आवमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभाव पार्ने ठूलो घोषणा हुने सम्भावना छैन ।

यसअघि नेपाल राष्ट्र बैंकले नेपाल सरकारलाई विदेशी मुद्राको सञ्चिति बढाउने उपाय स्वरुप पर्यटक आगमन बढ्नु पर्ने र त्यसका लागि सन् २०२० मा स्थगित भएको भ्रमण वर्षजस्तै ठूलो अभियान घोषणा गर्न सुझाव दिएको थियो ।

मंगलबार जारी सरकारको नीति तथा कार्यक्रमले समेत पर्यटनमा प्रभावकारी कार्यक्रमको छनक दिन सकेको छैन । पर्यटन मन्त्रालयमा बोर्डकै समानान्तर रहने गरी सरकारले गठन गरेको पुनरुद्धार समितिले काम गरिरहेको छ ।

सो समितिका संयोजक राजाराम गिरिका अनुसार आगामी आवमा अन्तर्राष्ट्रिय स्तरका कम्तिमा तीन वटा इभेन्ट नेपालमा आयोजना गर्ने तयारी छ । जसमध्ये एउटा काठमाडौंमा, एउटा पोखरामा र एउटा लुम्बिनीमा आयोजना हुने भएको छ ।

पोखरामा शाहसीय पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजनाको तयारी छ । लुम्बिनीमा बौद्धमार्गी मुलुकका पर्यटनमन्त्री समेतलाई बोलाएर विशेष कार्यक्रम आयोजना गरिने छ । काठमाडौंमा भने नेपाल भ्रमणका लागि खुला छ भन्ने सन्देश दिन अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरिने उनले बताए ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरिने छ । वराह क्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशी टप्पु वन्यजन्तु आरक्ष समेटेर वृहत धार्मिक-सांस्कृतिक-पर्यापर्यटन केन्द्रका रुपमा विकास गर्न एकीकृत कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बनेका हवाई पूर्वाधार पूर्ण सञ्चालनमा

सरकारले आगामी आवमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रिय विमानस्थललाई पूर्ण संचालनमा ल्याउने बताएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल यसमा पर्छन् । सरकारले आगामी आवमा सुर्खेतको भेरीगंगा रामघाटमा नयाँ प्रादेशिक विमानस्थलको निर्माण थाल्ने बताएको छ ।

आन्तरिक विमानस्थलहरुमा सुविधाजनक टर्मिनल निर्माणको थालने समेत आगामी आवमा हुने भएको छ । निगजढ विमानस्थलमा समेत आगामी आवमा ठूलो प्रगति हुने छैन । यो विमानस्थलको निर्माण आव २०८०/८१ बाट मात्र थाल्ने घोषणा सरकारले गरेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?