+
+

थाइल्याण्डसहित ५ महिला टिमलाई ओडीआई मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १७:४९

११ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पाँच नयाँ टिमलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता दिएको छ ।

आईसीसीले आईसीसी क्रिकेट विश्वकपको परिमार्जन गरिएको रोडम्यापको रुपमा पाँच एसोसिएट टिमलाई ओडीआई मान्यता दिने निर्णय गरेको हो ।

नेदरल्यान्ड्स, पपुवा न्युगिनी, स्कटल्याण्ड, थाइल्याण्ड र अमेरिकालाई तत्काल लागु हुनेगरी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिइएको आईसीसीले जनाएको छ ।

एकदिवसीय खेलहरूमा उनीहरूले गरेको प्रदर्शनले उनीहरूको ओडीआई वरीयता निर्धारण हुने र २०२५ को विश्वकपको छनोटको लागि मापन गर्ने आईसीसीले जनाएको छ ।

साथै आईसीसीले आईसीसी वुमन्स च्याम्पियनसिपमा दुई टिम थपेर १० टिम बनाउने निर्णय गरेको छ ।

यसअघि ८ टिम प्रतिस्पर्धा गरेको आईसीसी वुमन्स च्याम्पियनसिपमा बंगलादेश र बयरल्याण्ड थपिएको हो ।

‘आईसीसी महिला च्याम्पियनसिपमा टोलीको संख्या बढाउँदा र थप पाँच टोलीलाई ओडीआईको मान्यता दिनुले हामीलाई महिला खेलको विकासलाई गति दिन मद्दत गर्नेछ,’ आईसीसीका सीईओ जियोफ एलार्डिसले भने, ‘धेरै टोलीहरूले नियमित रूपमा खेल्दा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दछ जुन हामीले भर्खरै न्यूजिल्याण्डमा भएको आईसीसी महिला क्रिकेट विश्वकपमा देख्यौं ।’

नेपाल जस्तै एसोसिएट राष्ट्रहरुले महिला क्रिकेटमा प्रगति गर्दै ओडीआई मान्यता पाउँदा नेपाली महिला टिम भने अन्तर्राष्ट्रिय स्तरमा अझै संघर्ष गरिरहेको छ ।

नेपाली महिला टिमले पछिल्लो पटक यूएईमा खेलेको टी-२० विश्वकप एसिया छनोटको पहिलो चरणबाटै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?