+
+

ग्वार्डिओलालाई पछि पार्दै क्लोपले जिते म्यानेजर अफ दि इअर अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १७:५८

११ जेठ, काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई पछि पार्दै म्यानेजर अफ दि इअरको अवार्ड जितेका छन् ।

सिटीले लिभरपुललाई एक अंकले पछि पार्दै यस सिजनको उपाधि जितेको थियो । तर प्रशिक्षकको अवार्डमा भने क्लोपले ग्वार्डिओलालाई पछि पारे ।

जर्मन प्रशिक्षक क्लोपले उनको टिम लिभरपुलले सिजनभर उत्कृष्ट प्रशिन गर्दा म्यानेजरको अवार्ड पाउन सफल भएका हुन् ।

लिभरपुलले यस सिजन एफए कप र लिग कपको उपाधि जितसकेको छ भने च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग खेल्न बाँकी छ । क्लोपले सर एलेक्स फर्गुसनको नाम बोकेको अवार्ड जित्न पाउँदा गर्व व्यक्त गरे ।

‘यो ठूलो सम्मान हो र यो पागल सिजन थियो,’ क्लोपले भने, ‘र जब तपाईँ यस्तो पुरस्कार जित्नुहुन्छ कि यो कि तपाईँ एक प्रतिभाशाली हुनुहुन्छ, वा तपाईँसँग संसारको सबैभन्दा राम्रो कोचिङ स्टाफ छ । म यहाँ मेरो चार कोचिङ स्टाफ सँगग छु, र उनीहरुलाई थाहा छ कि म उनीहरुको कत्ति कदर गर्छु ।’

इंग्ल्याण्ड चार मुख्य डिभिजन प्रिमियर लिग, च्याम्पियनसिप, लिग वान र लिग टूका प्रशिक्षकहरुको मतको आधारमा अवार्डको विजेता चयन गरिएको हो ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?