+
+

गरुडा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते ६:५९

१२ जेठ, रौतहट । रौतहटको गरुडा नगरपालिकामा एमाले विजयी भएको छ ।

नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन् । कलवारले ४५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४५२६ मत पाए ।

तेस्रो भएका जनता समाजवादीका अनिलकुमार यादवले ३३५१ र चौथो भएका माओवादीका सुरेन्द्रकुमार जयसवालले ३२२५ मत पाएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादीका दिपक यादवले १०६३ मत पाए ।

उपमेयरमा भने  कांग्रेसकी पुनमकुमारी चौधरी ६७०३ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४४७७ मत ल्याइन् भने तेस्रो भएकी एकीकृत समाजवादीकी हिबजा खातुनले ४३६३ मत पाइन् । एमालेकी ज्ञानकला देवी साहले २५३९ र मावादीकी सकिला खातुनले २४८५ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?