
१२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीले माल्दिभ्स भलिबल एसोसिएसन कपमा उत्कृष्ट प्रदर्शान गरेकी छन् । उनकै उत्कृष्ट प्रदर्शनमा धिवेही सिफान्ज क्लबले आफ्नो पहिलो खेलमा क्लब हाल्फलाइन लिंकेजलाई ३-० को सेटमा पराजित गरेको छ ।
मालेमा भएको खेलमा धिवेही सिफान्सले एकपक्षिय जित हात पार्ने क्रममा हाल्फलाइनलाई २५-५, २५-१३, २५-९ ले हरायो ।
नेपाली खेलाडी उषाले पहिलो पटक विदेशी लिग खेलेकी हुन् । उनीसँगै कामना बिष्ट पनि माल्दिभ्समा लिग खेल्न गएका छन् ।
घरेलु भलिबलमा दुवैले नेपाल पुलिसबाट सँगै खेल्दै बएका छन् । तर माल्दिभ्समा भने यी दुई खेलाडी फरक टिममा छन् ।
कामना बिष्टले माल्दिभ्स सर्भिस क्लब (पुलिस)बाट खेल्नेछिन् । उषा र कामना सम्मिलित टिम एउटै समूहमा छ । यी दुई खेलाडी शनिवार एक आपसमा खेल्नेछन् । त्यसअघि कामना सम्मिलित पुलिसले बझ क्लब इगल्ससँग पहिलो खेल खेल्दैछ ।
प्रतियोगितामा कूल १० टोलीको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4