+
+

ईश्वर पोखरेलको प्रश्न : चुनाव प्रभावित पार्न नागरिकता विधेयक अगाडि बढाउन खोजिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १५:१२

१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो कि भन्ने आशंका गरे ।

‘अहिले मार्कटिङ गर्न खोजिँदैछ । संसदमा विचाराधीन नागरिता विधेयकको बारेमा यसलाई संवेदनशील मुद्दा बनाएर आफ्नो पक्षमा मार्केटिङ गर्ने कोशिस गरिँदैछ’, पोखरेलले भने ।

सरकारले नीति तथा कार्यक्रममा नागरिकता विधेयकलाई सहमतिको आधारमा छिटै टुंगोमा पुर्याउन पहल गर्ने उल्लेख गरेको छ । यही प्रसंगमा उपाध्यक्ष पोखरेलले टिप्पणी गरेका हुन् ।

‘केपी शर्मा अ‍ोलीले नेतृत्व गरेको सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उदेश्यले ल्याएको अध्यादेशलाई किन अघि बढ्न दिइएन ? संसदीय समितिमा पनि कसका कारणले अघि बढ्न दिइएन ? मैले नाम लिइरहनुपर्दैन हामी सबै जानकार छौं’ पोखरेलले प्रश्न गरे, ‘निर्वाचनलाई प्रभावित पार्ने हिसावले अहिले फेरि विधेयक ल्याइँदै त छैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?