
काठमाडौं । चलचित्र निर्देशक समाजले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित संस्थाको १४ औं साधारणसभामा शर्मासहित अन्य ६ निर्देशकलाई सम्मान गरिएको हो ।
भारतको पुनास्थित फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक उत्तीर्ण शर्माले ‘आधा आकाश’ फिल्मबाट निर्देशन करिअर थालेका थिए ।
उनले अहिलेसम्म १३ वटा फिल्म निर्देशन गरेका छन् भने ‘साथी’ उनी निर्देशित व्यावसायिक रुपमा सफल फिल्म हो । सभामा अन्य ६ जना निर्देशकलाई पनि सम्मान गरियो ।
मदन घिमिरे, केपी पाठक, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, सुचित्रा श्रेष्ठ र मिलन चाम्सलाई सम्मान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4