News Summary
Generated by OK AI. Editorially reviewed.- आईएमई लिमिटेडले राष्ट्रिय कर दिवस २०८२ मा सर्वाधिक कर तिर्ने कम्पनीको रूपमा सम्मान प्राप्त गरेको छ।
- अर्थमन्त्री रामेश्वर खनालले आईएमई लिमिटेडका सीईओ दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गर्नुभएको हो।
- सीईओ पौडेलले आईएमईले १ सयभन्दा बढी देशमा व्यावसायिक साझेदार नेटवर्क रहेको र रेमिट्यान्स सेवा सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
१ मंसिर, काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्स्फर कारोबार गर्ने कम्पनीमध्ये आईएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर खनालले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे ।
सम्मान ग्रहणपछि सीईओ पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आईएमईका लागि गौरवको विषय रहेको बताए ।
साथै, विभिन्न देशमा १ सयभन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आईएमईले रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरे ।
कर दिवस समारोहमा आईएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले करदाता सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।
सन् २००१ मा स्थापना भएको आईएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
यस योगदानका आधारमा आईएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिरहेको छ। यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित हुँदै आएको छ।
प्रतिक्रिया 4