+
+

मधेशमा ५३ प्रतिशत जनसंख्या पुग्यो, निर्वाचन क्षेत्र पुनरावलोकन गरौं : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १२:५८

१४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्ने माग गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले मधेशमा ५३ प्रतिशत जनसंख्या रहेको भन्दै त्यसै आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्ने बताएका हुन् ।

यसअघि निर्वाचन क्षेत्र तय गर्दा मधेशमा ४६ प्रतिशत जनसंख्या रहेकामा अहिले बढेर ५३ प्रतिशत पुगेको भन्दै यादवले फेरि निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने बताएका हुन् ।
यादवले बहुभाषिक नीति लागू गर्दै एक भन्दा बढी भाषालाई सरकारी कामकाज भाषा तोक्ने र विद्यालयहरुमा पढाउने व्यवस्था गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले जन्मसिद्ध नेपाली आमाबाबुबाट जन्मिएका छोराछोरी पनि गैर नागरिक रहेको भन्दै नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने बताए ।

‘राज्यले दायित्व पूरा नगर्दा नागरिकका सन्तान राष्ट्रियताविहीन अवस्थामा अधिकारबाट वञ्चित भएको अवस्था छ’ उनले भने, ‘गल्ती राज्यले गर्ने, त्यसको सजाय नागरिकले भोग्नुपर्ने । यसलाई तत्काल अन्त्य गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?