+
+

बालेन र हर्क साङपाङबारे प्रचण्डले भने- लोकतान्त्रिक व्यवस्थाका सुन्दर फूल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १२:५९

१४ जेठ, काठमाडौं । माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काठमाडौंमा बालेन्द्र साह र धरानमा हर्क साङपाङको विजयी हुनु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने बताएका छन् ।

शनिबार संसदमा बोल्दै प्रचण्डले उनीहरुको पछाडि कुनै पनि पार्टी र उनीहरुको नेताको साथ नरहेको भन्दै साँचो अर्थमा स्वतन्त्र भएको उल्लेख गरे । बाँकी उम्मेदवार भने पार्टीकै बलमा जितेको उनले बताए ।

काठमाडौं र धरानमा जनताले उम्मेदवारको विचार, प्रवृत्ति र संकल्प मन पराएकै कारण स्वतन्त्र उम्मेदवारले जितेको उनको भनाइ छ ।

उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रभित्र काठमाडौं र धरानमा फेरि दुईटा नयाँ फूलहरु फक्रिएका हुन्, फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै हो ।’

उनले पार्टीहरुले नीतिहरु र उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको समेत उल्लेख गरे । स्वतन्त्र उम्मेदवारलाई घेराबन्दी हुन सक्ने भन्दै उनले सचेत रहन समेत सुझाव दिए ।

स्वतन्त्र उठेर जितेकाहरु दलकाका लागि चुनौती नभएर दलहरुका लागि समीक्षाका लागि पाठ भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?