+
+

चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १३:४७

१५ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो ।

परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन् ।

परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भएपनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको डा. अधिकारीले बताए ।

‘परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सामेल भएका थिए । यसपटक फेल भएका एक हजार एक सय विद्यार्थी पहिला पनि अनुत्तीर्ण भएका हुन्’ डा. अधिकारीले भने,’ काउन्सिलले एउटा मापदण्ड तोकेको छ । त्यही अनुसार परीक्षा लिंदा धेरै विद्यार्थी फेल भए ।’

हाल मुलुकमा जम्मा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता रहेकोमा करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?