+
+

स्यानिटरी प्याडको भन्सारमा भारी कटौती

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते २०:१०

१५ जेठ, काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ । आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले यस्तो भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए ।

चालु आर्थिक वर्षसम्म महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो । यस्तै नेपालमै स्यानिटरी प्याड उद्योग खोल्न चाहने  कम्पनीलाई ७ बर्षसम्म आयकरमा छुट, कच्चापदार्थ आयातमा सहुलियत दिने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।

स्यानिटरी प्याड महंगो हुँदा निम्नबर्गिय महिलाहरुले खर्च धान्न नसकी प्याड प्रयोग गर्न नसकेको ठम्याइसहित सरकारले कर छुटको नीति लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?