+
+

नेपाल लोकस्टार-२ मा चार जना निर्णायक, कुमार बस्नेतदेखि ज्योति मगरसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १३:१३

काठमाडौं । लोक गायनमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि निर्णायक (जज)हरु तय गरिएको छ । शोको जजमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन् ।

रामजी  पहिलो सिजनमा पनि जजका रुपमा थिए भने कुमार बस्नेत, कुलेन्द्र बिश्वकर्मा र ज्योति पहिलोपटक रियालिटी शोको जजका रुपमा रहने भएका हुन् ।

‘नेपाल लोकस्टार सिजन २’मा संगीत निर्देशकको रुपमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित भएका छन् । उनले प्रतिस्पर्धीहरुको संगीत कौशल निखार्न सहयोग गर्नेछन् ।

नेपाल लोकस्टार ब्राण्डको स्वामित्व हिमालय टेलिभिजनले खरिद गरेसँगै शोलाई नयाँ टिम र शैलीमा ल्याउन लागिएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?