+
+

त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १९:४८

१६ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन् । कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी ९ हजार १४७ मतसहित तेश्रो स्थानमा रहे ।

उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत पाइन् । नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५६८ मत पाइन् ।

१६ वटा वडा रहेको त्रियुगाको कुल खसेको मत ४० हजार १३७ हो ।

कांग्रेसले नौवटा वडा, एमालेले चारवटा र माओवादी केन्द्रले तीन वडामा वडाध्यक्ष जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?