+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते ८:३७

१७ जेठ, काठमाडौं । युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् ।

युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो बैठकमा पूर्ण प्रतिबन्ध लगाउनेबारे छलफल भएको थियो । तर हंगेरीले विरोध जनाएपछि रुसी तेल आयातको दुई तिहाइभन्दा बढी कटौती गर्ने सहमति भएको हो ।

हंगेरीको असहमतिका कारण यस विषयमा ईयूका नेताहरुबीच घण्टौं छलफल चलेको थियो । अन्ततः हंगेरी पनि सहमत भएपछि यही वर्षको अन्तसम्ममा ईयूले करिब ९० प्रतिशत रुसी तेल आयात कटौती गर्ने बीबीसीले जनाएको छ ।

तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको छ ।

युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ट्वीट गर्दै तेल कटौतीको सहमतिबारे जानकारी दिएका छन् र उनले रुसको ठूलो वित्तीय स्रोत बन्द गरिदिएको उल्लेख गरेका छन् । यसबाट रुसलाई युद्ध रोक्न दबाब पुग्ने उनको भनाइ छ ।

यो निर्णय ब्रसेल्समा भएको बैठकले अनुमोदन गरेको प्रतिबन्धको छैटौं प्याकेज अन्तर्गतको रहेको बीबीसीले जनाएको छ । यो निर्णयमा सबै २७ सदस्य देशहरुले सहमति जनाएका थिए ।

प्रतिबन्धको यही छैटौं प्याकेज अन्तर्गत रुसको सबैभन्दा ठूलो बैंक स्बर बैंकको स्विफ्ट सिस्टमबाट पनि हटाइने छ । साथै सरकारी स्वामित्वका तीन वटा प्रसारकलाई पनि प्रतिबन्ध लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?