+
+

सुन्दर हरिजनको मृत्युको संसदीय छानबिन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १३:०३

१७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले रोल्पा कारागारमा भएको सुन्दर हरिजनको मृत्युको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजयविक्रम शाहको सट्टामा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताइन् ।

उनले केही दिन अघि सुन्दर हरिजनको कारागारमै मृत्यु भएपछि समग्र घटनाको छानविन गर्नुपर्ने बताएकी हुन् । सांसद विशंखेले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न उठेको बताइन् ।

‘उक्त घटनामा सिंगो न्याय प्रशासन, न्यायालय जोडिएको कारणले गर्दाखेरि संसदीय छानबिन समिति गठन गरियोस् । र अपराधी करारलाई यथाशीघ्र छानबिनको दायरामा ल्याइयोस्’ उनले भनिन् ।

सांसद विशंखेले घटनाको छानविनका लागि संसदीय छानबिन समितिको साथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानबिन समिति गठन गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?