+
+

‘एनिमल’को मुख्य भूमिकामा रणवीर कपुरसँगै विपिन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १४:५४

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । फिल्मको रेटिङ गर्ने विश्व चर्चित पोर्टल आईएमडीबीमा निर्माताले कार्कीको नाम पनि उल्लेख गरेका छन् ।

रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओलसँगै विपिनको नाम पनि उल्लेख छ । स्रोतका अनुसार फिल्ममा विपिनले हास्य चरित्रमा अभिनय गर्दैछन् । फिल्म छायांकनको पूर्वतयारीको लागि विपिन अर्को महिना मुम्बई जाने तयारीमा छन् । अहिले भने निर्देशकसँग भर्चुअल कुराकानी भइरहेको उनले बताए ।

चर्चित फिल्म ‘अर्जुन रेड्डी’का निर्देशक सन्दीप रेड्डीले निर्देशन गर्ने फिल्म सन् २०२३ मा रिलिज हुने जनाइएको छ । आईएमडीबीमा उल्लेख भएअनुसार ग्याङस्टर कथा रहेको यो फिल्मका मुख्य पात्रबीचको द्वन्द्वात्मक सम्बन्धको कारण मुख्य पात्र (प्रोटागोनिस्ट)लाई जनावरको स्वभावमा परिणत हुन बाध्य हुने कथावस्तु छ ।

गत वर्ष नै विपिनले ‘एनिमल’ काम गर्ने गाइँगुइँ चले पनि यसपटक भने निर्माताले आईएमडीबीमार्फत कास्टिङबारे पुष्टि गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?