+
+

इन्स्टाग्राममा कसरी बढाउने फलोअर्स ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते ८:३७

इन्टरनेट आएसँगै सूचना प्रविधिको क्षेत्रमा ठूलो क्रान्ति आएको छ । यसले विश्वलाई भर्चुअल आयाममा ढालेको छ ।

अहिले विश्वका करोडौं मानिसहरूले इन्टरनेटको प्रयोग गरिरहेका छन् । इन्टरनेटमा सोसल मिडियाले एउटा यस्तो डिजिटल पर्यावरणको निर्माण गरेको छ जहा तपाईं एक अर्कासँग भर्चुअल्ली अन्तरक्रिया गर्न सक्नुहुन्छ ।

अहिले फेसबुक, इन्स्टाग्राम तथा युट्युब जस्ता सोसल मिडिया प्लाटर्फमका प्रयोगकर्ताको संख्या करोडौं छ । फोटो शेयरिङ एप इन्स्टाग्राम खासगरी युवापुस्ता तथा सेलिब्रेटीहरू माझ निकै लोकप्रिय छ । इन्स्टाग्राममा आफ्ना अनुगामी अर्थात् फलोअर्सहरुको संख्या बढाउने चाहना सबैको हुन्छ । तर इन्स्टाग्राममा फलोअर्स कसरी बढाउने त ? यसका लागि तपाईंले केही उपाय अपनाउनुपर्दछ :

यदि तपाईं पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्स बढाउन चाहुनुहुन्छ भने सबैभन्दा पहिले तपाईंले इन्स्टाग्राम अकाउन्टमा यस्ता रिल्स तथा भिडियोहरु बनाएर हाल्नुहोस् जसलाई मानिसहरूले धेरै मन पराउने सम्भावना हुन्छ ।

आजभोलि इन्स्टाग्रामको टिकटक भनेर चिनिने भिडियो फिचर रिल्स निकै तीव्ररुपमा लोकप्रिय बनिरहेको छ । मानिसहरू इन्स्टाग्राममा घण्टौंसम्म रील्स भिडियो हेर्ने गरेका छन् । तपाईंले रील्समा चलिरहेको ट्रेण्डलाई पक्रिएर रील्स तथा भिडियोहरु इन्स्टाग्राममा अपलोड गर्नुपर्दछ ।

आफ्नो इन्स्टाग्राम अकाउन्ट प्रोफाइललाई आकर्षक बनाउनु पर्दछ । यसले इन्स्टाग्राममा अन्य मानिसलाई आकर्षित गर्दछ र तपाईंलाई फलो गर्ने सम्भावना हुनछ । आफ्नो इन्स्टाग्राममा नियमित रुपमा रिल्स या भिडियोहरु बनाएर अपलोड गर्नुहोस् ।

भिडियो वा रिल्सलाई इन्स्टाग्राममा अपलोड गर्दा त्यसमा ह्यासट्यागको अनिवार्य प्रयोग गर्नुहोस् । यसो गर्दा तपाईंले रिल्स वा भिडियो हेर्नेको संख्या धेरै हुन्छ । साथै भिडियो ट्रेण्डिङ हुने सम्भावना पनि बढ्दछ ।

यसका अलावा धेरै मानिससम्म आफ्नो इन्स्टाग्राम भिडियो वा रील्स पुर्याउनका लागि तपाईंले ट्रेण्डिङ टपिक चयन गर्नुपर्दछ । ट्रेण्डिङ टपिकसँग सम्बन्धित भिडियोहरू मानिसले धेरै हेर्दछन् । यदि तपाईंले इन्स्टाग्राममा माथि उल्लेखित तरिकाहरू अपनाउनुभयो भने तपाईंको इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या उल्लेख्य रुपमा बढ्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?