+
+

सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १२:१४

१९ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० बाट बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ ।

हिजो छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २५० रुपैयाँ प्रति तोला थियो ।

हिजो सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?