+
+

आगलागीबाट जोगियो नेपालको रेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते २१:३६

१९ जेठ, जनकपुरधाम । नेपालको एक मात्र रेल आगलागी हुनबाट जोगिएको छ ।

बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।

बग्गीको सामान राख्ने र्‍याकमा राखेकोे एसिड पोखिएपछि धुवाँ निस्किन थालेको नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । धुवाँ निस्के पनि आगलागी हुन नदिएर तत्कालै नियन्त्रणमा लिइएको उनले बताए । ‘ठूलो क्षति हुनबाट जोगिएको छ’ झाले भने ‘प्रहरी तथा रेल्वे कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि आगलागी भएन् । नभै ठूलै क्षति हुने अवस्था थियो ।’

धुवा निस्केर आगलागी हुने सम्भावना देखिएपछि बग्गीमा सवार यात्रुबीच भागाभागको स्थिति बनेका थियो ।

रेलभित्र पोखिएको एसिड बोकेर एक जना पुरुष फरार भएका छन् । सोही बग्गीमा ५ किलोको सानो ग्यास सिलिण्डर पनि राखिएको थियो । रेलमा एसिड ग्याँस जस्ता प्रज्वलनशील पदार्थ लिएर यात्रा गर्न पाइँदैन् ।

एकै सिटमा बसेका दुई महिला र एक पुरुषमध्ये पुरुष भागेपछि शंकाको आधारमा दुई जना महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिई नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । यसबारे अन्य अनुसन्धान भइरहेको महाप्रबन्धक झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?