+
+

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते ९:३१

२० जेठ, काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

स्थानीय वायु र भारतको उत्तरप्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ को केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शनिबार प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव ० डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?