+
+

घरायसी र व्यावसायिक प्रयोजनका ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य तोक्न उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १४:४१

२० जेठ, काठमाडौं । नेपाल आयाल निगमले घरायसी र व्यावसायिक रुपमा प्रयोजन हुने ग्याँस सिलिन्डरको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमिित गठन गरेको छ । बिहिबार बसेको निगम सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरेको हो ।

उपसमितिको संयोजक तोक्न बाँकी रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । ‘हिजो बसेको सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेको छ’ भट्टराईले भने, ‘सबै स्टेक होल्डर सहभागी गराएर दुई थरी सिलिन्डर तोक्ने र त्यसको मूल्य निर्धारणबारे समिति गठन गरिएको छ ।’

भट्टराईकाअनुसार समितिमा ग्याँस व्यवसायी, रेष्टरेन्ट तथा होटल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधिहरु रहन्छन् । केही दिनमा कार्यदलले पूर्णता पाउने र अध्ययन सुरु हुने निगमले जनाएको छ । दुई थरी सिलिन्डरबारे यसअघि भएका अध्ययन र प्रयोगलाई पनि समितिले पुनः अध्ययन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?