+
+

एसियन कप छनोट : कतारमा तयारी सकियो, अब परीक्षा कुवेतमा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ २१ गते ९:०१

२१ जेठ, काठमाडौं । फुटबल नेपालको सबैऐन्दा चर्चित खेल अनि यसको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालको सबैभन्दा चलायमान खेल संघ । आर्थिक गतिविधिको हिसावले हेर्ने हो भने पनि एन्फा सबैभन्दा ठूलो खेल संघ हो ।

त्यही एन्फामा अहिले चुनावको चटारो छ । पदाधिकारीहरू अहिले सबै चुनावी मैदानमा होमिएका छन् । उता नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय फुटबल टिम भने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिस्पर्धाका लागि मान उत्रनेछ ।

अर्को वर्ष आयोजना हुने एसिया महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘एएफसी एसियन कप’ को अन्तिम चरणको छनोट खेल्ने तयारीमा नेपाली टिम छ ।

खेलाडी-प्रशिक्षकको विवाद, एन्फा चुनावको बिचमा युवा र कम अनुभवी खेलाडी ठूलो स्टेजका लागि कुवेत पुग्दैछ ।

नेपालको कुवेतको हावापानी धेरै नै फरक छ । हुन त नेपालले यसअघि पनि कुवेतमा गएर खेलिसकेको छ । तर नतिजा नेपालको पक्षमा आएको छैन ।

एएफसी एसियन कपको अन्तिम चरणको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा प्रशिक्षण सकाएको छ । अब टोली छनोट खेल्नका लागि उतैबाट कुवेत जाँदैछ ।

कुवेतको मौसममा एडजस्ट हुनका लागि नेपालले कतारमा १० दिनको तयारी गरेको हो । यही समयमा नेपालले त्यहाँ तीन वटा अभ्यास खेलसमेत खेल्यो ।

टिमोर लेस्ट को यू-२३ टिमविरुद्धको पहिलो खेलमा २-२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा दक्षिण एसियाकै टोली श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । यस्तै अन्तिम खेलमा ओमानसँग नेपाल २-० ले पराजित भयो ।

एसियन कप छनोटको तयारी स्वतरुप नै नेपालले कतारमा प्रशिक्षक गर्नुका साथ अभ्यास खेलहरु खेलेको थियो ।

नेपालमा बन्द प्रशिक्षणपछि नेपाली टोली जेठ ११ गते कतार गएको थियो । १० दिनको क्याम्पपछि नेपाली टोली उतैबाट कुवेत जाने एन्फाले जनाएको छ ।

कतार फुटबल संघले एसियन कप तयारीमा रहेका र कतारमा क्याम्प राखेका विभिन्न टिमलाई अभ्यास खेलको अवसर मिलाएको थियो । त्यसका एन्फाले कतार फुटबल संघलाई धन्यवादसमेत दिएको छ ।

यस्तै आपसी सहमति अनुसार सबै खेल क्लोज डोरमा खेलिएको र टिममा राम्रो मुडमा रहेको एन्फाले जनाएको छ । यस्तै टिमका खेलाडीमा कुनै इन्जुरी नरहेको पनि एन्फाले जनाएको छ ।

नियमित कप्तान तथा नम्वर एक गोलकिपर किरण कुमार लिम्बु सहित सिनियर टिमका ११ खेलाडीलाई बाहिर राख्दै यस पटक नेपाली टोली कुवेत पुग्दैछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण प्रशिक्षण छाड्न बाध्य भएको भन्दै विद्रोह गरेर १० खेलाडीले नेपालमै बन्द प्रशिक्षण छाडेका थिए । त्यसलाई समर्थन गर्दा माल्दिभ्समा व्यवसायिक लिग खेलिरहेका किरण पनि टिममा अटाउन सकेनन् ।

यस पटक नेपाली टिममा कम अनुभव भएका खेलाडीहरू छन् । अझ गोलकिपर पोजिसनका तीनै खेलाडीले अहिलेसम्म राष्ट्रिय टिममा खेलेका छैनन् । दिप कार्की, विशाल सुनार र टिकेन्दर थापा यसअघि राष्ट्रिय टिममा अटाएपनि डेब्यु गर्न बाँकी छ ।

यस बाहेक पहिलो पटक राष्ट्रिय टिममा परेका शिव गुरुङ, विकास तामाङ, निर कुमार राई र रोसन राना मगरले पनि डेब्यु गर्न बाँकी नै छ ।

नेपाल र कतारमा तयारी पछि अब नेपालले कुवेतमा अन्तिम परीक्षा दिँदैछ ।

एसियन कप छनोटको समूह ए मै जोर्डन, कुवेत र इन्डोनेसियासँग नेपाल रहेको छ । सिधा भन्दा यस समूहको विजेता हुन सके एसियन कपमा छनोट हुनेछ । दोस्रो भएमा ६ समूहका दोस्रो हुने मध्ये पाँच उत्कृष्ट टिम एसिया कपमा पुग्नेछन् ।

नेपालका लागि महादेशको सबैभन्दा ठूलो प्रतियोगिता खेल्नका लागि यही दुई बाटो हो । तर नेपालका लागि यो चुनौतीपूर्ण मात्र होइन असम्भव जस्तै नै छ । हुनत असम्भव भन्ने केही पनि हुँदैछ । तर गत बैशाखमा नेपालले एसियन कपका लागि प्रशिक्षण सुरु गर्दा नै प्रशिक्षक अल्मुताइरीले नेपाल एसियन कपमा छनोट हुन सक्दैन भनेर भनिसकेका छन् । त्यसपछि खेलाडीहरूको मनोविज्ञानमा पनि पक्कै केही असर परेको छ । अनि ११ खेलाडी टिममा बाहिर हुँदा अब नेपालको नतिजा कस्तो आउला अपेक्षा गर्न सकिने जस्तै छ ।

यस पटक नेपाल बलियो समूहमा छ । विपक्षी प्रतिस्पर्धी बलिया नै छन । नेपालले अहिलेसम्म यी तीन टिमलाई हराउन सकेको छैन । नेपाली टिम अहिले युवा छ र कम अनुभवी पनि छ । त्यसैले नेपालको लागि शीर्ष दुई पर्नु ठूलै पहाड चढ्नु जस्तै चुनौती हुनेछ ।

छनोटमा नेपालले पहिलो खेल नै सबैभन्दा बलियो टिम जोर्डनसँग जेठ २५ गते खेलेर सुरुआत गर्नेछ । त्यसपछि जेठ २८ गते कुवेतसँग खेल्नेछ भने अन्तिम खेल इन्डोनेसियासाग जेठ ३१ गते खेल्नेछ ।

अहिले एन्फाको चुनावी माहोल उत्कर्समा पुगिरहेका बेला धेरैको ध्यान कुवेतमा हुने खेल भन्दा एन्फा मुख्यालय हाँक्ने नेतृत्वमा को पुग्ने भन्ने रहेको छ । असार ६ गते एन्फा निर्वाचन हुँदैछ र त्यसका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

फोटो : एन्फा र ओमान फुटबल संघ

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?