२१ जेठ, काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले च्याम्पियन्स लिग फाइनल भएको घटनाप्रति लिभरपुल र रियल मड्रिडका फ्यानसँग माफी मागेको छ ।
यूईएफएले एक विज्ञप्ति जारी गर्दै च्याम्पियन्स लिग फाइनलको बेला भएको घटनामा फसेका लिभरपुल र रियल मड्रिडका फ्यानहरूसँग माफी मागेको छ र यो फेरि नदोहोरिने बताएको छ ।
लिभरपुलका फ्यानहरूले गत शनिबार भएको खेलमा पुलिसले गरेको हातपात, संगठनात्मक अराजकता र भीडभाडको वर्णन गरेका थिए । यस्तै रियल मड्रिडले ‘दुर्भाग्यपूर्ण घटनाहरूको शृङ्खला’ मा जवाफ मागेको थियो ।
‘कुनै पनि फुटबल फ्यानलाई त्यस्तो अवस्थामा राख्नु हुँदैन, र यो दोहोरिनु हुँदैन,’ यूईएफएको विज्ञप्तिमा भनिएको छ । ‘युइएफए २८ मे २०२२ मा पेरिसको स्टेड डे फ्रान्समा युइएफए च्याम्पियन्स लिगको फाइनलको क्रममा भएको डरलाग्दो र पीडादायी घटनाहरू अनुभव गर्ने वा साक्षी दिने सबै दर्शकहरूसँग ईमानदारीपूर्वक माफी माग्न चाहन्छ ।, जुन युरोपेली क्लब फुटबलको उत्सव हुनुपर्ने थियो ।’
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सुरक्षाकर्मीद्वारा स्टेडियममा प्रवेश गर्नबाट रोकिएका टिकट धारीहरुलाई ‘सकेसम्म चाँडो’ क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
म्याक्रोनले घटनामा के भएको हो भनेर स्पष्ट गर्न र विस्तृत रूपमा व्याख्या गर्न सरकारलाई भनेको बताए ।
युरोपेली फुटबलको निकाय युइएफएले फाइनल अघि के भएको हो भन्ने कुराको स्वतन्त्र समीक्षा गर्न र यसबाट के पाठ सिक्नुपर्छ भनेर यसअघि पोर्चुगलका डा टियागो ब्रान्डाओ रोड्रिग्जको नेतृत्वमा घोषणा गरेको थियो ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4