+
+

धादिङको थाक्रेमा ट्रकको ठक्करले अटो चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १८:०३
धादिङको थाक्रेमा दुर्घटनापछि सडक अवरुद्ध हुँदा राजमार्गमा जाममा परेका सवारी साधनहरु । तस्वीर सौजन्य : पुरुषोत्तम ढुंगाना ।

२१ जेठ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना गराउने ट्रक चालक प्रहरीले भगाएको भन्दै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।

शनिबार मध्यान्ह पौने १२ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले गल्छीबाट सिम्ले आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा अटो चालक धादिङकै निलकण्ठ नगरपालिका-५ का कमलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते श्रेष्ठलाई अस्पताल नलगी स्थानीय प्रहरी बिटले दुर्घटना गराउने ट्रकलाई गजुरी प्रहरी वृत्तमा पुर्‍याएको पीडित पक्षको आरोप छ । दुर्घटना गराउने चालक र चालक भगाउने प्रहरीलाई कारबाही सुनिश्चित नभएसम्म अवरोध कायमै रहने भन्दै स्थानीय अहिले प्रदर्शन गरिरहेका छन् । उनीहरूले मृतकको शव समेत उठाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?